close

‘नबिल आईकार्ड’ मार्फत विदेशमा ५०० डलरसम्मको भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत ११, २०७७ ९:५

‘नबिल आईकार्ड’ मार्फत विदेशमा ५०० डलरसम्मको भुक्तानी गर्न सकिने

काठमाडौं । नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले डलर कार्ड ल्याएको हो ।

यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ईकमर्स साइटमार्फत अनलाइन शपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को विदेशी मुद्राकाे सटही गर्न सक्नेछन् ।

सन् १९८४ देखि सञ्चालनमा आएको यस बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१