close

बग बाउन्टीबाट लखपति बन्दै विद्यार्थीहरू

टेकपाना टेकपाना

चैत ११, २०७७ १४:२५

बग बाउन्टीबाट लखपति बन्दै विद्यार्थीहरू

काठमाडौं । बग हन्टिङ सुरु गरेको ११ महिनामा प्रकाश पन्तले करिब ६ लाख नेपाली रुपैयाँभन्दा धेरै पैसा कमाएका छन् । लकडाउन सुरु भएपछि गत वैशाखदेखि बग हन्टिङको क्षेत्रमा प्रवेश गरेका प्रकाशले हालसम्म फेसबुकबाट ८ पटक बग पत्ता लगाई कुल पाँच हजार अमेरिकी डलर प्राप्त गरिसकेका छन् ।

यस्तै बग बाउन्टी प्लेटफर्म ह्याकरवानबाट १ सय डलर र नेपालमा केही महिनाअघि आयोजना भएको लाइभ ह्याकिङ बगभीमा १५ डलर कमाइसकेका छन् ।

इन्स्टाग्रामको बग पत्ता लगाएर चर्चित बनेका नेपाली ह्याकर सौगात पोखरेलको फेसबुक पोस्ट देखेर आफूलाई पनि यस क्षेत्रमा रुचि बढेको बताउने प्रकाशले प्रारम्भमा सौगातकै सहयोग र गाइडेन्समा बग हन्टिङ सुरु गरेका हुन् ।

‘सौगात दाइसँग फैसबुकमा साथी थिए । उहाँको फेसबुक पोस्टहरु देखेर उहाँलाई यो कसरी गर्न सकिन्छ भनेर सोधें, सिकाई मागें,’ प्रकाश भन्छन्, ‘उहाँले यस्तो ठाउँमा यस्ता बग पाइन्छन्, राइटअपहरु पढ्नु भनेर सिकाउनुभयो ।’

उनले अगाडि भने, ‘त्यसैअनुसार राइटअपहरु पढें । सिक्दै, लोजिक लगाएर आफैं फनि खोज्न थालें । सुरुमा डुब्लिकेट र इन्फर्मेटिभ टाइपको बगहरु फेला पर्थे । तर पछि ती भ्यालिड हुँदै गए । अहिले रिपोर्ट पनि पठाइरहेको छु ।’

May be an image of text that says 'Today at 00:11 f After reviewing this issue, we have decided to award you a bounty of $ Below is an explanation of the bounty amount. Facebook fulfills its bounty awards through Bugcrowd and HackerOne. Please note, we're payıng this out even though the fix is still pending. Please refrain from disclosing this publicly until fully resolved. Thank you again for your report. We look forward to receiving more reports from you in the future!'

सुरुमा बुझ्न एक महिनाजति लागेको २२ वर्षीय प्रकाश बताउँछन् । तर सिक्दै, गर्दै जाने क्रममा बग हन्ट गर्दै रिपोर्टहरु पठाइरहेको उनी बताउँछन् ।

हाल प्रकाश पाेखरास्थित पश्चिमाअञ्चल क्याम्पस डब्लुआरसीमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययन गर्दैछन् ।

त्यसैगरी पोखरा विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका २० वर्षीय रिकेश बानियाँ पनि बग हन्टिङमा छिरेको एक वर्षमात्र हुँदैछ ।

बग हन्टिङको अवधारणाबारे रिकेशलाई पहिले पनि केही थाहा थियो । तर लकडाउनको क्रममा भने उनले खाली समयको पूर्ण सदुपयोग गरेर बग हन्टिङमा छोटो समयमै राम्रो प्रगति गर्न सफल भए ।

यसैबीच गत डिसेम्बरमा उनले फेसबुकमा गोप्य राखिने प्रयोगकर्ताको फोन नम्बर, ईमेललाई ह्याकरले एक्सेस गर्न सक्ने बग पत्ता लगाए । जनवरीमा सबमिट गरेको सो बग तीन महिनापछि फेबसुकले पुष्टि गरेर उनलाई यस पटकको हल अफ फेममा समावेश गरेको छ ।

यसका लागि उनले चार अङ्कको रिवार्ड पनि पाइसकेका छन् ।

सुरुमा त रिकेशले पनि कुनै सेक्युरिटी रिसर्चरले बग पत्ता लगाएको घटना थाहा पाएपछि त्यसतर्फ आफ्नो रुचि बढेको सुनाउँछन् ।

पछि अनलाइनमा विभिन्न स्रोत साधन, भिडियो हेर्दै सिकेको बग हन्टिङले आज उनको निजी तथा पढाइ खर्चलाई ढुक्कै धानिरहेको उनी बताउँछन् ।

हाल उनी पोखरा विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्दै छन् । 

May be an image of text that says 'Thanks! facebook On behalf of over three billion users, we would like to thank the following people for making a responsible disclosure to us: 2021 Youssef Sammouda 2. Marcos Vinicius Ferreira 3. terjanq 4. John Hendrix V. del Rosario 5. Mohamed Laajimi 6. Rikesh Baniya'

याे पनि पढ्नुहाेस् :

नेपाली बगबाउन्टीमा जोडिए एक हजारभन्दा बढी ह्याकर

यी इथिकल ह्रयाकर, जो बग पत्ता लगाउँदै मनग्गे पैसा कमाउँछन्

एउटा बग फेला पार्दा ह्याकरलाई करिब साढे १७ करोड आम्दानी

स्मार्ट टिभीको क्यामेरा ह्याक गर्न सकिने बग पत्ता लगाउने नेपाली ह्याकर

नेपाली युवाले पत्ता लगाएको फेसबुकको बग, जसबाट जोगियो इन्स्टाग्रामका १ अर्ब प्रयोगकर्ताको डेटा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१