close

वानप्लस ९ सिरिजको प्रि-अर्डर एकै दिन तीन गुणा बढी

टेकपाना टेकपाना

चैत १४, २०७७ १५:४७

वानप्लस ९ सिरिजको प्रि-अर्डर एकै दिन तीन गुणा बढी

काठमाडौं । हालै सार्वजनिक भएकाे वानप्लस ९ सिरिजकाे प्रिबुकिङ शुक्रबारदेखि सुरू भएकाे छ । एक ट्वीटर पोस्टमा वानप्लसका संस्थापक एवं सीईओ पेट लाउले वानप्लस नाइन सिरिजको प्रिअर्डर एक दिनमै तीन गुणा बढी भएकाे बताएका छन् ।

उनले साबिकको वानप्लस ८ सिरिजको तुलनामा ३२४ प्रतिशत बढी प्रि-अर्डर भएको जानकारी दिए । गत चैत १० गते यो सिरिज सार्वजनिक भएको थियो ।

स्वीडेनको क्यामेरा कम्पनी ह्यासेलब्ल्याडको क्यामेरा प्रविधियुक्त यी फोनमा क्वालकमको नयाँ चिपसेट स्न्यापड्रागन ८८८ प्रयोगमा ल्याइएको छ । कम्पनीले एकैपटक वानप्लस ९, वानप्लस ९ प्रो र वानप्लस ९ आर गरी तीन स्मार्टफोन ल्याएकाे छ ।

यसमध्ये वानप्लस ९ यसअघि कम्पनीले सार्वजनिक गरेको वानप्लस ८टी को परिस्कृत भसर्नको रुपमा आएको छ । भने, वानप्लस ९ प्रो वानप्लस ८ प्रोमा कम्पनीले पाएको सफलताको प्रतिफल हो । यी दुवै फोन १२० हर्जको डिस्प्लेका साथ आएको छ ।

त्यसैगरी प्रयोगकर्तालाई सस्तो मूल्यमा उत्कृष्ट फोनको अनुभव प्रदान गर्न कम्पनीले वानप्लस ९ आर ल्याएको छ । सँगै कम्पनीले लामो समयदेखि पर्खाइको विषय बन्दै आएको वानप्लस वाच पनि सार्वजनिक गरेको छ ।

वानप्लस ९

एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको वानप्लस ९ मा ६.५५ इन्चको फुल एचडी एमलोड डिस्प्ले रहेको छ । जसमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

डिस्प्लेको डिजाइन वानप्लस ८टीमा प्रयोग भएजस्तै छ । जसलाई थ्रीडी कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ ।

क्वालकम स्न्यापड्रयागन ८८८ चिपसेट रहेको फोनमा ८ जीबी र १२ जीबी र्‍याम र १२८ र २५६ जीबी इन्टरनल मेमोरी (रोम) भेरियन्टमा उपलब्ध भएको छ ।

ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगा पिक्सेलको सोनीको प्राइमेरी सेन्सर रहेको छ ।

OnePlus 9 Pro Color Options

त्यस्तै ५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । २ मेगा पिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ । यो फोन फाइभजी र फाेरजी दुवै भेरियन्टमा उपलब्ध छ ।

फोनले वाइफाई सिक्स सपोर्ट गर्ने उल्लेख छ । ४५०० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ६५टी फास्ट चार्जिङ रहेको छ । भने, १५ वाटको क्युआई वायरलेस चार्जिङ सेमत रहेको छ ।

वानप्लस ९ प्रो

वानप्लस ९ प्रो पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । ६.७ इन्चको क्युएचडी एमलोड डिस्प्ले रहेको फोनको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जसले सामान्य स्मार्टफोनको तुलनमा ५० प्रतिशत पावर खपत कम गर्नेछ ।

OnePlus 9 Pro 50W WIireless Warp Charger

साथै फोनको स्क्रिनमा हाइपर टच सर्पोट उपलब्ध रहेको छ । जसले गर्दा टच रेस्पोन्सिभ रेटलाई बढाउने छ । कम्पनीले पब्जी, कलअफ ड्युटी, लिगअफ लेजेन्डजस्ता गेम खेल्दा आवश्यक पर्ने मल्टिपल स्क्रिन टचलाई ध्यानमा राखेर यो सुविधा ल्याएको हो ।

क्वालकम स्न्यापड्रयागन ८८८ चिपसेटमा आधारित फोन ८ जीबी र १२ जीबी र्‍याम र १२८ र २५६ जीबी इन्टरनल मेमोरी (रोम) भेरियन्टमा उपलब्ध छ । क्वार्ड (४ वटा) क्यामेरा सेटअपका साथमा आएको फोनमा ४८ मेगापिक्सेल सोनीको प्राइमेरी सेन्सर रहेको छ ।

OnePlus 9 Pro Chipset Performance Snapdragon 888 5G

५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । फोनमा ८ मेगापिक्सेलको टेलिफोटो सुटर र २ मेगापिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ ।

यो फोन पनि फाइभजी र फाेरजी दुवै भेरियन्टमा उपलब्ध छ । भने, फोनले वाईफाई सिक्स सपोर्ट गर्ने उल्लेख छ । ईन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रहको फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री रहेको छ। जसले वार्प चार्ज ६५टी र ५०टी वायरलेस फास्ट चार्जिङ सर्पोट गर्नेछ ।

वानप्लस ९ आर

अन्य फोन जस्तै वानप्लस ९ आर पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । कम्पनीको सस्तो फोनका रुपमा आएको यो फोनमा ६.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

OnePlus 9R Lake Blue

क्वालकम स्न्याड्रयागन ८७० चिपसेट रहेको यो फोन ८ जीबी र्‍याम र १२८ जीबी रोम भेरियन्टमा उपलब्ध छ । क्वार्ड क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ । ४५०० एमएएच क्षमताको ब्याट्रीका साथ आएको फानेले वार्प ६५ फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

याे सिरिज नेपाली बजारमा पनि छिट्टै भित्रिने अनुमान गरिएकाे छ । भारतीय बजारमा यी फाेनकाे मूल्य यसप्रकार रहेकाे छ ।

मूल्य
भेरियन्टमूल्य (भारू)
वानप्लस ९ प्रो८/१२८६४,९९९
१२/२५६ ६९,९९९
वानप्लस ९८/१२८४९,९९९
१२/२५६५४,९९९
वानप्लस ९ आर८/१२८३९,९९९
१२/२५६४३,९९९

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१