close

कोडिङ जान्दा यसरी परिवर्तन हुन्छ जीवन

टेकपाना टेकपाना

चैत १४, २०७७ १६:४७

कोडिङ जान्दा यसरी परिवर्तन हुन्छ जीवन

मिचायल विन्राे
माथि तस्वीरमा बेलायतकी हेन्ना ब्लेयर हुन् । उनी पहिले छात्रा विद्यालयमा पढ्थिन्, जहाँ कम्प्युटिङ तथा प्रोग्रामिङ कोर्सहरु अध्यापन हुँदैनथ्याे । तर यी विषय लिन उनलाई पहिलेदेखि नै मन थियो । तर, छात्र विद्यालयमा भने ती कोर्सहरु अध्यापन गराइन्थ्यो । 

एकै छतमुनी पढाई भइरहे पनि हेन्नाको छात्र विद्यालयमा नाममात्रकाे आईटी विषय थियो । तर छात्र विद्यालयमा भने विशेष कम्प्युटिङ कोर्स नै पढ्न पाइन्थ्यो । यसैले हन्ना छात्र विद्यालयमा प्रवेश गरिन् ।

उनको दृढताले राम्रो परिणाम दियो । उनले २०१८ मा सर्रे विश्वविद्यालय (University of Surrey) बाट कम्प्युटर साइन्समा स्नातक तह उत्तीर्ण गरिन् ।

हेन्नाले डाेइचा बैंकमा ग्राजुएट स्किम पनि पुरा गरिन् । त्यसयता उनले  एउटा स्टार्टअपमा फ्रिल्यान्स डेभलपरको रुपमा काम गर्नुका साथै भर्चुअल इभेन्ट प्लेटफर्म होपिनमा सिनियर डेभलपरको रूपमा काम पनि गरिन् ।

यति धेरै अवसर भएको सफ्टवेयर डेभलपमेन्ट उद्योगमा उनको करियर रोजाई निकै बुद्धिमानपूर्ण थियो । उदाहरणका लागि अमेरिकी ब्यूरोको श्रम तथ्याङ्कले गरेको पूर्वानुमान अनुसार २०१९ देखि २०२९ को बीचमा डेभलपरको रोजगारी २२ प्रतिशतले वृद्धि हुने उल्लेख गरेकाे थियो । जब कि अन्य पेशामा मात्र ४ प्रतिशतको वृद्धि देखिएको थियो । 

साथै डेभलपरको उक्त पोस्टलाई कार्यालयहरुले पैसा पनि राम्रै दिएका थिए । तलब तुलना गर्ने ‘वेबसाइट पे स्केल’का अनुसार एउटा औषत डेभलपरको तलब ७४ हजार डलरको वरिपरी रहेको थियो । 

यस्तै कार्ल मुङगाजीले पनि विश्वविद्यालयमा पत्रकारिता अध्ययन गरी लुटनमा स्थानीय पत्रकारको रुपमा काम गर्दै चार वर्षसम्म गरे । तर उनले अन्ततः २०१६ मा डेभलपरको रुपमा पेशा परिवर्तन गरे । 

‘म वास्तवमा लुटनमा प्रकाशन हुने समाचारहरु ट्रयाक गर्न सकिने बाटो खोज्दै थिएँ,’ कार्ल भन्छन् ।

तब उनको एकजना डेभलपर साथीले उनलाई ब्याक-इण्ड डेभपलर बनाउन मद्दत गरे । त्यो प्रविधिमा कार्ललाई चाहिने सबै कुरा थिए । त्यसपछि कार्लले वेबसाइट बनाउन प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज जाभा स्क्रिप्ट सिक्न थाले । 

यसबीच उनले आफ्नो पत्रकारिताको पेशालाई नै त्यागेर डेभलपरको काम सुरु गर्न थाले । 

कुन कम्प्युटर भाषा पढ्ने भन्ने कुरा तपाईं के गर्न चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।

‘पाइथन’ शक्तिशाली भाषा हो । यो सामान्य प्रयोजनका लागि चाहिने प्रोग्रामिङ भाषा हो, जुन कम्प्युटर साइन्स कोर्समा अन्डर ग्राजुएट विद्यार्थीहरुलाई सिकाइन्छ ।

यो बिजनेसमा धेरै प्रयोग हुन्छ । उदारहणका लागि युट्युव पनि पाइथनमै लेखिन्छ । 

स्टार्टअपहरुमा अहिले लोकप्रिय भर्सटाइल भाषा भनेको ‘रुबी’ हो । तपाईं चाहे जुनसुकै भाषा चयन गर्नुहोस् यदि अर्को भाषा सिक्न चाहनुहुन्छ भने इन्टरनेटमा पर्याप्त संसाधन र उपायहरु छन् ।

कार्ल आफ्नो मामिलामा freecodecamp.org ले धेरै हदसम्म सहयोग पर्‍याएको बताउँछन् । 

करियर परिवर्तन गर्न चाहनेहरुका लागि ब’ट क्याम्प अर्को लोकप्रिय विकल्प हो । 

ब्रेन्डेन थर्नटनले पनि यही बाटो रोजे । उनी बुट क्याम्प फ्ल्याटरोन स्कुलले दिएको कोर्समा भर्ना भए । यसरी उनले नेश्नल बास्केटबल अशाेसिएसन एनबीए क्यामेरा म्यानबाट आफ्नो करियरलाई परिवर्तन गरे ।

बुट क्याम्पमा एउटा पाठ्यक्रम सेट नै अध्ययन गर्न पाउने एउटा ठूलो फाइदा भएको बताउँछन् । कुन प्रविधि सिक्ने होला वा आफूलाई त्यो कसरी सिकाउने भन्ने विषयमा कुनै पनि कुनै पनि गेसवर्क गर्न नपर्ने उनी बताउँछन् ।

‘बुट क्याम्पले समय लिएर नै तपाईं वरिपरी एउटा सोलिड सपोर्ट टिम निर्माण गर्दछ । रोजगारी अवसरको माध्यमबाट मात्र होइन, करियर कोचिङसमेत दिएर जब सर्च प्रक्रियालाई नेभिगेट गर्न मद्दत गर्दछ,’ ब्रेन्डेन भन्छन् । 

बुट क्याम्पको एउटा बेफाइदा भनेको यसले धेरै समय लिन्छ र कतिका लागि यो धेरै महङ्गो पनि पर्न जान सक्छ । कहिलेकाहिँ यसको कोर्स १० हजार डलरभन्दा महङ्गो पर्न सक्छ । 

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१