close

इन्टरनेटको स्पिड टेष्ट गर्ने उत्कृष्ट ४ एप, तपाईंको रोजाई कुन ?

टेकपाना टेकपाना

चैत १५, २०७७ १३:१२

इन्टरनेटको स्पिड टेष्ट गर्ने उत्कृष्ट ४ एप, तपाईंको रोजाई कुन ?

काठमाडौं । वाईफाईले कति काम गरिरहेको छ भनेर पत्ता लगाउने एउटा माध्यम भनेको स्पिड टेस्ट हो । इन्टरनेट सेवाप्रदायकले भनेको जति स्पिडमा इन्टरनेट उपलब्ध गराइरहेको छ वा छैन भनेर थाहा पाउन इन्टरनेट स्पिड टेस्टको आवश्यक हुन्छ ।

त्यसैले यहाँ हामी तपाईंहरुलाई इन्टरनेटको स्पिड टेस्ट गर्ने केही उत्कृष्ट एपका बारेमा जानकारी दिँदै छौं । जसबाट तपाईंले आफ्नो इन्टरनेटको गति कति छ भन्ने विषयमा यकिन जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

१. मेटोर : ओपन सिंग्नलले बनाएको मेटोर एप इन्टरनेट स्पिट टेस्ट गर्नका लागि एउटा उत्कृष्ट एप हो । जसले तपाईंको इन्टरनेट गतिको यकिन जानकारी दिनेछ ।

उत्कष्ट इन्टरफेसका साथ निर्माण गरिएको यो एपमार्फत सहज रुपमा प्रयोगकर्ताले स्पिड टेस्ट गर्न सक्नेछन् । यो एप एन्ड्रोइड तथा आईओएस दुवै भर्सनमा उपलब्ध छ ।

२. स्पिडटेस्ट मास्टर्स : स्पिडटेस्ट मास्टर्स इन्टरनेटको स्पिड टेस्टका लागि एउटा पावरफुल एप हो । यो एप एन्ड्रोइड तथा आईओएस दुवै भर्सनमा उपलब्ध छ ।

यसमार्फत इन्टरनेटको स्पिड टेस्टका साथै युट्युव, नेटफ्ल्कि, टिकटक लगायतका माध्यममा हुने पिंङ रिस्पोन्स रेटको पनि परीक्षाण गर्न सकिने उल्लेख छ । यो एप पेड र फ्री दुवै भर्सनमा उपलब्ध रहेको छ ।

iphone white

३. स्पिडटेस्ट बाइ ओक्ला : इन्टरनेटको स्पिडटेस्टका लागि यो एप विश्व बजारमा नै परिचित छ । यो एपले निःशुल्क रुपमा इन्टरनेटको यकिन स्पिड मापन गर्ने भएकाले पनि यसलाई रुचाइएको हो ।

प्रयोगका साथै इन्टरफेसका रुपमा पनि यो एप उत्कृष्ट रहेको छ । यो एप आईओएस, एन्ड्रोइड, विन्डोज, म्याक सबै भर्सनमा उपलब्ध रहेको छ ।

४. फास्ट बाई नेटफ्लिक्स : यो एपको सबैभन्दा उत्कृष्ट पक्ष भनेको सहजता हो । तपाईंले एप खोल्नेबित्तिकै यसले तपाईंको इन्टरनेट स्पिड आफैं परीक्षण गर्न थाल्छ ।

त्यसका लागि तपाईंले ओक्ट अथवा टेस्ट बटनसमेत क्लिक गरी राख्नुपर्ने छैन । यो एप एन्ड्रोइड, आईओएस दुवैमा उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१