close

अमेरिकी राज्यको नयाँ कदम, स्मार्टफोनमा पोर्न सामग्री हेर्न प्रतिबन्ध

टेकपाना टेकपाना

चैत १५, २०७७ १३:५५

अमेरिकी राज्यको नयाँ कदम, स्मार्टफोनमा पोर्न सामग्री हेर्न प्रतिबन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्यले स्मार्टफोनमा पोर्न सामग्री हेर्न प्रतिबन्ध लगाउने भएको छ । यूटा राज्यका गभर्नरले हालै आफ्नो राज्यमा बिक्री हुने सबै सेलफोन र ट्याब्लेटमा पोर्नोग्राफी ब्लक गर्ने कानूनमा हस्ताक्षर गरेका छन् ।

यो कदमलाई आलोचकहरुले स्वतन्त्रतामाथिको अधिकार हनन भएकाे बताएका छन् । यूटा राज्यका गभर्नर स्पेन्सर कोक्सले बालबालिकाहरुले अश्लील अनलाइन कन्टेन्टबाट टाढा राख्न यो कदमले पुग्ने गर्ने दाबी गरेका छन् ।

तर सरकारले यो कानून कार्यान्वयनतर्फ तत्काल कुनै कदम चाल्न पाउने छैन । जबसम्म पाँच अन्य राज्यले समान कानून बनाउँदैनन्, यूटाको यो कदम कार्यान्वयनमा आउने छैन ।

गभर्नरको कदमपछि धेरैले यो प्रावधान लागू गर्न प्राविधिक रूपमा पनि गाह्रो हुने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१