close

साओमीले एकसाथ सार्वजनिक गर्‍यो टिभी, स्पिकर र ट्रिमर, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत १६, २०७७ १७:९

साओमीले एकसाथ सार्वजनिक गर्‍यो टिभी, स्पिकर र ट्रिमर, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले नेपाली बजारमा नयाँ स्मार्ट टिभी सार्वजनिक गरेको छ । स्मार्टफोन बजारमा पाएको राम्रो सफलतालाई पछ्याउँदै कम्पनीले केही वर्षदेखि विश्व बजारमा विभिन्न उत्पादनतर्फ आफूलाई विविधिकरण गर्दै लगेको छ ।

ब्रान्डको बजार र इकोसिस्टमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढेको कम्पनीले नेपाली बजारमा पनि नयाँ स्मार्ट टिभी सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्षदेखि नेपाली बजारमा स्मार्ट टिभी भित्र्याउन थालेको हो ।

नेपाली बजारमा स्मार्ट टिभीको बजारलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ थप मोडल र डिजाइनका साथ नयाँ टिभी भित्र्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक साथ चार ओटा मोडलमा साओमीका टिभी नेपाल भित्रिएका छन् । जसमा ३२, ४०, ४३ र ६५ इन्चका रहेका छन् ।

मि टिभी ४ एक्सः ६५ इञ्च

मि टिभी ४ एक्सको ६५ इञ्च मोडल नेपाल भित्राएको छ । फोरके एचडीआर डिस्प्लेका साथ आएको यो टिभी एन्ड्रोइडमा आधारित छ । यसमा प्याचवाल यूआई रहेको कम्पनीले जनाएको छ ।

Xiaomi Mi TV 4X 65 Inch Price in Nepal, Specs, and Features

क्वाडकोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेटमा आधारित साओमी मि टिभी ४ एक्समा जीपीयू, दुई जीबी र्‍याम र एक जीबी इन्टरनल स्टोरेज रहेको छ । जसको बजार मूल्य एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

मि ४ ए ४३ इञ्च
Mi TV 4A Horizon Edition 32-Inch, 43-Inch Options With 'Bezel-Less' Display  Launched in India | Technology News

होराइजन एडिसन टिभीको रुपमा आएको साओमी मि ४ ए ४३ इन्चमा उपलब्ध छ । जसमा ‘होराइजन डिस्प्ले’ अर्थात स्लिम बोर्डर रहेका छन् ।

यो टिभीको दायाँ, बाँया र माथिल्लो भागको स्क्रिनमा पातला प्लास्टिक बोर्डर छन् । जसको बजार मुल्य ४६ हजार ९९९ रुपैयाँ रहेको छ ।

मि टिभी ४ एः ४० इन्च

फुल एचडी डिस्प्लेका साथ आएको मि टिभी ४ ए ४० मा २० वाट स्पिकर डीटीएस–एचडी प्रविधिमा आधारित रहेको छ । प्याच वालयुक्त यो टिभी पनि एन्ड्रोइडमा आधारित छ । जसमा गुगल असिस्टेन्ट जस्ता फिचर रहेका छन् ।

Mi TV 4A 32-inch and 43-inch Launched in India: Sale Date, Pricing and  Specifications | Versus By CompareRaja

साथै टिभीमा डेटा सेभर मोड समेत उपलब्ध छ । जसले तीन गुणा बढी भिडियो कन्टेन्ट स्ट्रिम गर्ने अनुमति दिन्छ ।

त्यस्तै प्रयोगकर्ताले यसमा फोनमा भएका भिडियो लगायतका कन्टेन्ट हेर्न समेत पाउँछन् । यसको बजार मूल्य ३७ हजार ९९९ रुपैयाँ रहेको छ ।

मि एलईडी टिभी ४ एः ३२ इञ्च

३२ इन्चको मि एलईडी टिभी ४ ए पूर्ण एचडी एलईडी डिस्प्लेका साथ बजारमा आएको छ । एन्ड्रोइड टिभी प्याच वाल युक्त यो टिभी ७ लाख घण्टाभन्दा बढी प्रयोग गर्न सकिने जनाइएको छ । फोनमा डुअल १० वाट स्टेरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर रहेको छ ।

Mi TV 4A 80cm (32)@₹15,999| Horizon Edition - Mi India

तपाईंले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईमार्फत यसमा जडान गर्न सक्नुहुन्छ । टिभीमा एक जीबी र्‍याम र आठ जीबी इन्टरनल स्टोरेज दिइएको छ । जसको बजार मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

टिभीका साथै कम्पनीले नेपाली बजारमा इको सिस्टम अन्तर्गत थप दुई उत्पादन समेत सार्वजनिक गरेको छ । जसमा ब्लुटुथ स्पिकर र ट्रिमर रहेका छन् ।

मि पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)

कम्पनीले १६ वाटको पोर्टेबल ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ । जुन ८–८ वाटको रेन्ज ड्राइभरमा विभाजित छ ।

एन्टी–स्लिप प्याडिङका साथ आएको यो स्पिकरमा २६०० एमएएचको ब्याट्री छ । जसमा १३ घण्टाको ब्याट्री लाइफ रहेको कम्पनीको दाबी छ ।

Xiaomi Mi Portable Bluetooth Speaker Mini | PowerPlanet

कम्पनीका अनुसार आईपीएक्स ७ रेटिङ प्राप्त यो स्पिकर एक मिटर गहिरो पानीमा ३० मिनेटसम्म डुबाउन सकिन्छ । भ्वाइस असिस्टेन्टसँग पनि काम गर्ने यो स्पिकरमा कल गर्नका लागि इन ब्युल्ट माइक्राेफोन पनि रहेको कम्पनीले जनाएको छ । जसको बजार मूल्य दुई हजार तीन सय ९९ रुपैयाँ रहेको छ ।

मि बियर्ड ट्रिमर १ सी

मि बियर्ड ट्रिमर १ सी यस अघि सार्वजनिक गरिएको मोडेलभन्दा हलुका र पातलो छ । जसको मद्दतले दाह्रीको आकार दिँदा उत्तम ग्रिप र नियन्त्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।

६०० एमएएचको ब्याट्री रहेको ट्रिमर लगभग दुई घण्टामा फुल चार्ज हुन्छ र यसले ६० मिनेटसम्म निरन्तर काम गर्ने जनाइएको छ ।

Mi 1c Trimmer: Xiaomi launches Mi Beard Trimmer 1C at Rs 999 - Latest News  | Gadgets Now

माइक्रो–यूएसबी चार्जिङ पोर्टका साथ आएको ट्रिमर १ सीमा एलईडी इन्डिकेटर रहेको छ । जसले तपाईंलाई हरेक पटक स्विच अन गर्दा यसको ब्याट्रीको बारेमा जानकारी दिन्छ ।

यसको ब्लेड हेडलाई निकालेर ब्रसले सहजै सफा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा एक वर्षको वारेन्टी प्रदान गरिएको छ । जसको बजार मूल्य १ हजार सात सय ९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३