close

अमेरिकी प्रतिबन्धका बावजुद ह्वावले कमायो एक वर्षमै साढे ११ खर्ब नाफा

टेकपाना टेकपाना

चैत १९, २०७७ १५:३३

अमेरिकी प्रतिबन्धका बावजुद ह्वावले कमायो एक वर्षमै साढे ११ खर्ब नाफा

काठमाडौं । पछिल्लो समय ह्वावेले कठिनाईको समय झेलिरहेको छ । विशेषगरी अमेरिकी प्रतिबन्धले ह्वावेको यात्रा कष्टकर बनाइरहेको छ ।

तर कम्पनीले हालै प्रकाशित गरेको एक वार्षिक प्रतिवेदनमा भने सन् २०१९ को तुलनामा २०२० मा बढी आम्दानी गर्न सफल भएको उल्लेख छ ।

हालै कम्पनीले सार्वजनिक गरेको सन् २०२० को वार्षिक प्रतिवेदनमा कम्पनीको विश्वव्यापी बिक्री राजस्व चिनियाँ यूआन ८९१.४ अर्ब बराबर रहेकाे उल्लेख छ, जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशत बढी हो ।

त्यस्तै कम्पनीले यो वर्ष कुल नाफा चिनियाँ यूआन ६४.६ अर्ब (करिब साढे ११ खर्ब नेपाली रुपैयाँ) कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत बढी हो ।

२०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राखेकाे थियाे । कम्पनीले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंग लाई साथ दिएकाे उल्लेख गरेकाे छ ।

ह्वावे नेपाल पनि कोभिड- १९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसञ्चार अपरेटरहरुसँग रहेकाे थियाे ।

सन् २०२० मा विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत गरेकाे जनाएकाे छ । यसअन्तर्गत कम्पनीले २ हजारभन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता ३,००० भन्दा बढी इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको उल्लेख गरेकाे छ ।

ह्वावेले ५ करोडभन्दा बढी प्राथमिक र माध्यमिक स्कुलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू सुरू गर्न साझेदारहरूसँग पनि काम गरको छ ।

नेपालमा, ह्वावेले बैंकिङ उद्योग, एयरलाइन्स, मिडिया र अन्य विभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गरेकाे जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३