close

विश्वभरका स्टार्टअप कम्पनीहरूबीच प्रतिस्पर्धा गराउँदै भिजा, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

चैत २०, २०७७ ८:५८

विश्वभरका स्टार्टअप कम्पनीहरूबीच प्रतिस्पर्धा गराउँदै भिजा, यसरी हुनुहोस् सहभागी

काठमाडौं । अन्तर्राष्ट्रिय भुक्तानी प्रविधि कम्पनी भिजाले ‘भिजा एभ्रिह्वेयर इनिसिएटिभ’ सुरु गरेको छ । कम्पनीले विश्वभरका नवीनतम आइडिया भएका स्टार्टअपहरुलाई सहभागी हुन आह्वान गरेको छ ।

उत्तर अमेरिका, यूरोप, एसिया प्यासिफिक, सीईएमईए तथा ल्याटिन अमेरिकाका क्षेत्रका स्टार्टअपहरुले यस प्रतिस्पर्धामा सहभागी हुनसक्ने छन् ।

भिजाले प्रत्येक क्षेत्रको विजयी स्टार्टअप कम्पनीबाट पाँचजना शीर्ष फाइनलिस्टलाई चयन गरेर ग्लोबल फाइनल इभेन्टमा प्रतिस्पर्धा गराउने छ ।

यस प्रतिस्पर्धाको टाइटल जित्ने स्टार्टअपले विश्वको सबैभन्दा ठूलो ब्राण्डबाट मान्यता पाउनसक्ने छ । साथै क्षेत्रीय र ग्लोबल फाइनल स्टार्टअपहरुले टेकक्रन्च मिडियामार्फत लाइभ स्ट्रिमिङ भएर ग्लोबल एक्सपोजर पाउनसक्ने छन् ।

ग्लोबल फाइनल पुगेका टिमले धनराशी पुरस्कार पाउनसक्ने छन् । उक्त धनराशीलाई इच्छाअनुसार आफ्नो कम्पनीमा लगानी गर्नसक्ने छन् ।

सन् २०१५ मा अमेरिकादेखि सुरु भएको यस कार्यक्रम अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।

हालसम्म यस कार्यक्रममा विश्वभरबाट सात हजारभन्दा धेरै स्टार्टअपहरुले सहभागिता जनाइसकेका छन् । यी कम्पनीहरुले कुल अढाई अर्ब डलरभन्दा धेरै फण्ड पुरस्कार प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा उत्कृष्ट ग्राउण्ड ब्रेकिङ सोलुसन प्रदान गर्नसक्ने कम्पनीहरु विजयी बन्न सक्नेछन् । यदि तपाईंसँग पनि यस्तै आइडिया छ भने भिजाको यस इनिसिएटिभ्समा सहभागी हुन ग्लोबल एप्लिकेसनद्वारा यहाँ आवेदन दिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३