close

बिक्री हुन छाडेपछि मोबाइलको मूल्य घटाउँदै ओप्पो

टेकपाना टेकपाना

चैत २०, २०७७ १४:१६

बिक्री हुन छाडेपछि मोबाइलको मूल्य घटाउँदै ओप्पो

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले विभिन्न अवसरलाई लक्षित गर्दै मोबाइलको मूल्यमा कटौती गर्दै आएको छ । बजारमा सामसङ, सोओमी जस्ता ब्राण्डले अधिपत्य जमाएसँगै बजार गुमाउँदै गएको ओप्पाेले पछिल्लो समय मोबाइलको मूल्यमा कटौती गरिरहेको छ ।

यहीक्रममा कम्पनीले नयाँ वर्षको अवसर भन्दै अर्को मोबाइलको मूल्य पनि घटाएको छ । कम्पनीले ओप्पोे ए१२ मा ३ जीबी भएको स्मार्टफोनको मूल्य घटाएको हो । यसअघि १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य १५ सयले घटाएर १४ हजार ९ सय ९० मा उपलब्ध गराएकाे छ ।

कम्पनीका अनुसार यो फोन नेपाली बजारमा कालो र नीलो गरी दुई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाई ८.३ एमएम र ताैल १ सय ६५ ग्राम रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३