close

एन्ड्रोइडका लागि कहिले आउला क्लब हाउस ?

टेकपाना टेकपाना

चैत २१, २०७७ ९:२७

एन्ड्रोइडका लागि कहिले आउला क्लब हाउस ?

काठमाडौं । अहिले अडियो च्याट एप क्लबहाउस विश्वभर चर्चामा छ । तर एन्ड्रोइड प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न अझै केही महिना कुर्नुपर्ने देखिन्छ । हाल क्लबहाउस आईओएसमा मात्र उपलब्ध छ ।

क्लबहाउसले आफ्नो जनवरी २०२१ को ब्लगमा एन्ड्रोइड एपमाथि काम सुरु गर्ने घोषणा गरेको थियो ।  गत फेब्रुअरीको अन्त्यतिर सीएनबीसीमा प्रकाशित एक रिपोर्टअनुसार क्लबहाउसले एन्ड्रोइड डेभलपर मोपिवा ओगुनडिपलाई हायर गरिसकेको छ ।

एन्ड्रोइड एप तयार हुन कति समय लाग्छ भन्ने कुरामा कुनै यकिन समय किटान गरिएको छैन । तर गत मार्च २१ को एउटा बैठकमा बोल्दै क्लबहाउसका सह-संस्थापक पौल डेभडसनले एन्ड्रोइड भर्सनको एप केही महिनामै आउने बताएका छन् ।

यसको अर्थ २०२१ को मिड समरसम्ममा क्लबहाउस एन्ड्रोइड भर्सनमा आइसक्ने अनुमान गर्न सकिन्छ । 

क्लबहाउसको विकल्प

क्लबहाउस प्रयोग गर्न चाहनेहरुले मिड समरसम्म प्रतिक्षा गरिरहन सक्दैनन् । यसको अर्को विकल्प एन्ड्रोइड डिभाइसबाट आईओएसमा पनि स्वीच हुन सक्दैनन् ।

यस्तो बेला तपाईं पनि एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र क्लबहाउसको विकल्प खोज्दै हुनुहुन्छ भने अहिले धेरैवटा एन्ड्रोइड एपहरुले अडियो वन्ली च्याटरुम फिचर थप्दैछन् । जहाँ तपाईंले आफ्ना साथीभाइ तथा विश्वचर्चित व्यक्तिहरुको लाइभ अडियो छलफल सुन्न सक्नुहुन्छ । सायद ती एपहरुले क्लबहाउसको एन्ड्रोइड लन्च अगाडि नै ती फिचर थप गरिसक्छन् होला ।

यीमध्ये ट्वीटर स्पेस पहिलो स्थानमा आउँछ । यसबाट ट्वीटर प्रयोगकर्ताहरुले भ्वाइस च्याट रुम बनाएर विभिन्न विषयमा छलफल गर्न मान्छेहरुलाई इन्भाइट गर्न सक्छन् । यो दुवै आईओएस र एन्ड्रोइडमा उपलब्ध छ ।

यस्तै डिस्कोर्ड पनि अर्को राम्रो विकल्प बन्न सक्छ । मार्च ३१ देखि डिस्कोर्डले नयाँ लाइभ अडियो रुम लन्च गरको छ । त्यहाँ जोसुकैले पनि भ्वाइट च्याट गर्न सक्छन् । तर कम्युनिटी सर्भरले स्टेज च्यानल निर्माण गरेको छ, जहाँ निश्चित सदस्यले बोल्ने अनुमति पाउँछन् भने अन्य बाई डिफल्ट दर्शक बन्नेछन् ।

यस्तै अहिले लिङ्कडिनले पनि अडियो नेटवर्किङका लागि टुल बनाउँदै गरेको खबर टेक क्रन्चले पुष्टि गरेको छ । यसबाहेक स्पोटिफाईले पनि स्पोर्ट्स अडियो एप लकर रुम अधिग्रहण गरेको छ । जहाँ संगीतज्ञ तथा पोडकास्टरहरु आफ्ना अडियन्सहरुसँग रियल टाइममा जोडिन सक्छन् । 

क्लबहाउसमा जुनसुकै सदस्यले आफूले इच्छाएको विषयमा छलफल चलाउन तथा मध्यस्थता गर्न सक्छन् । अन्य सदस्यलाई अन्तर्वार्ताका लागि निमन्त्रणा गर्नुका साथै अरुको सदस्यहरुको वार्ता वा च्याटमा प्रवेश गरेर सुन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३