close

ईसेवाबाट स्कुल/कलेजको शुल्क तिर्दा पूर्ण छात्रवृत्ति पाउने अवसर

टेकपाना टेकपाना

चैत २२, २०७७ १६:५१

ईसेवाबाट स्कुल/कलेजको शुल्क तिर्दा पूर्ण छात्रवृत्ति पाउने अवसर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ईसेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।

वैशाख अन्त्यसम्ममा ईसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । जुन छात्रवृति रू. ५ हजारसम्मको हुनेछ ।

यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर शुल्क भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागू हनेछ । यस योजनाअन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृत्ति प्राप्त गर्नेछ ।

एजेन्ट नेटवर्कबाट भुक्तानी गरिए पनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ । हाल मुलुकभरका २ हजारभन्दा धेरै विद्यालयहरूमा ईसेवामार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिने छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख १० हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघिसकेको छ ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल, कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१