close

लामाे प्रतिक्षापछि ह्वावे ब्याण्ड ६ सार्वजनिक

टेकपाना टेकपाना

चैत २३, २०७७ ७:४७

लामाे प्रतिक्षापछि ह्वावे ब्याण्ड ६ सार्वजनिक

काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेले लामो प्रतिक्षापछि ह्वावे ब्याण्ड ६ सार्वजनिक गरेको छ । सन् २०१९ मा ब्याण्ड ४ सार्वजनिक गरेको कम्पनीले झन्डै दुई वर्षको अन्तरालपछि एक फड्काे मार्दै एकैपटक ब्याण्ड ६ बजारमा ल्याएकाे हाे ।

यसमा १.४७ इन्च एमोलेड डिस्प्ले रहेको छ । जुन ब्याण्ड ४ मा रहेको ०.९६ इन्चको एलसीडी डिस्प्लेको तुलनामा धेरै नै उत्कृष्ट हो । भने, उक्त ब्याण्डमा कम्पनीले स्मार्टवाचका विभिन्न विकल्प उपलब्ध गराएको छ ।

Huawei Band 6 in now official

रेक्टेङगुलर आकारमा आएको यो वाच १८ ग्रामको रहेको छ । एउटामात्रै बटन उपलब्ध गराइएको उक्त ब्याण्ड वाटरमा रेसिस्टेन्स प्रविधि रहेको छ । ब्याण्डमा प्रयोग भएको ब्याट्री फुल चार्ज गरी नर्मल प्रयोग गर्दा १४ दिन र धेरै प्रयोग गर्दा पनि १० दिनसम्म निरन्तर टिक्नेछ ।

यतिसम्म कि उक्त ब्याण्ड ५ मिनेट चार्ज गर्दा २ दिनसम्म प्रयोग गर्न सकिने छ । सेन्सरको हकमा ब्याण्डमा ब्लड अक्सिजन मनिटर प्रयोग गरिएको छ । जुन यो रेसियोको ब्याण्डमा हालसम्म पहिलो पटक प्रयोग भएको हो ।

Huawei Band 6 color options

त्यस्तै ब्याण्डमा ट्रुसिन ४.० हार्ट रेट मनिटर, २.० स्लिप मनिटर र ट्रुरिल्याक्स २.० प्रेसर मनिटर प्रयोग भएको छ । जसले प्रयोगकर्ताको हार्ट रेट, सुताई तथा प्रेसर समेत मनिटर गर्नेछ ।

Huawei Band 6 color options

ब्याण्डमा ९६ स्पोर्ट मोड रहेको छ । जसले तपाईंको हरेक क्रियाकलापलाई ट्रयाक गर्नेछ । साथै ब्याण्डले फोनसँग कनेक्ट गरी आउने कल, म्यासेजबारे जानकारी समेत दिनेछ ।

Huawei Band 6 color options

कम्पनीका अनुसार यो ब्याण्ड कुल ४ कलरमा बजारमा सार्वजनिक भएको छ । जसमा अम्बर सनराइज, फरेस्ट ग्रिन, ग्राफिट ब्ल्याक लगायत रहेको छ । यो ब्याण्ड एन्ड्रोइड ६.० भन्दा माथिका स्मार्टफोनमा सपोर्ट गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१