close

नयाँ वर्षको अवसरमा सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङमसिनमा ३५ प्रतिशतसम्म छूट

टेकपाना टेकपाना

चैत २२, २०७७ २१:२५

नयाँ वर्षको अवसरमा सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङमसिनमा ३५ प्रतिशतसम्म छूट

काठमाडौं । सामसङले नयाँ वर्ष २०७८ को अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘सुरुवात नयाँ उत्साहको’ योजना अन्तर्गत टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा विशेष छूट दिने भएको हो ।

जसमा ३५ प्रतिशतसम्म छूट उपलब्ध गराइने कम्पनीले जनाएको छ । सामसङले उत्कृष्ट डिजाइन तथा इनोभेसनका साथ क्यूएलईडी, फोरके यूएचडी, फुल एचडी तथा स्मार्ट टेलिभिजनहरु उपलब्ध गराइरहेको छ ।

जुन बेस्ट इन क्लास टेलिभिजनहरु हुन् । सामसङको क्यूएलईडी फोरके टिभीमा फोरकेको अनुभव प्राप्त गर्न सकिन्छ । यसमा क्वान्टम डट प्रविधिको प्रयोग गरिएको छ भने क्वान्टम फोरके प्रोसेसर समेत राखिएको छ ।

जसले शत प्रतिशत कलर भोलुम प्राप्त गर्न सकिन्छ । साथै फोरके एचडी भेरियन्टले मल्टी भ्वाइस असिस्टेन्स तथा फोरके प्रोसेसरले क्रिस्टल डिस्प्लेका साथ उत्कृष्ट पिक्चर क्वालटी प्रदान गर्दछ ।

यसका साथै फुल एचडी स्मार्ट टिभीहरुमा फुल एचडी रेजोलुसनका साथै स्मार्ट भ्वाइस सुविधा, भ्वाइस असिस्टेन्स तथा पर्सनल कम्प्युटर मोड जस्ता सुविधाहरु पनि रहेका छन् । नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई साइड बाइ साइड, डबल तथा सिङ्गल डोर रेफ्रिजेरेटरहरुमा पनि विशेष छूटको व्यवस्था गरिएको छ ।

सामसङले अत्याधुनिक कर्ड मइस्ट्रो जस्ता विशेषता भएका रेफ्रिजेरेटरहरु पनि बजारमा प्रस्तुत गरेको छ । जुन बजारमा उपलब्ध अन्य कम्पनीका रेफ्रिजेरेटरमा नरहेको कम्पनीको दाबी छ ।

कर्ड मइस्ट्रो पहिलो यस्तो रेफ्रिजेरेटर हो, जसले सही रुपमा दही बनाउनुका साथै दहीलाई लामो समयसम्म सुरक्षित समेत राख्दछ । कम्पनीको रेफ्रिजेरेटरमा स्पेस म्याक्स जस्तो अत्याधुनिक प्रविधि सहित आकर्षक एवम् उत्कृष्ट डिजाइन समेत छ ।

डिजिटल इन्भर्टर प्रविधियुक्त रेफ्रिजेरेटरले न्युन विद्युत खपत गर्दछ भने ट्विन कुलिङ प्लस प्रविधिले उत्कृष्ट कुलिङ प्रदान गर्दछ । यसका साथै कम्पनीले आफ्ना विभिन्न सेमी अटोमेटिक, टप लोड, फ्रन्ट लोड वाशर र ड्रायरमा समेत छूट योजना लागु हुनेछ ।

सामसङ वासिङ मसिनहरुमा नवीनतम ईको बब्बल तथा हाइजिन टिम प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले ९९ प्रतिशत एलर्जिन फ्री वासिङको सुनिश्चित गर्दछ ।

त्यस्तै नयाँ ईको बबल प्रविधिले नयाँ जमानाको लन्ड्री अनुभव दिन्छ । यसमा इन्टेलिजेन्ट एआई कन्ट्रोल फिचरको सुविधा रहेको छ ।

जसले पर्सनलाइज युजर एक्स्पेरियन्स प्रदान गर्दछ । यो योजना अन्तर्गत कम्पनीले एआई कन्ट्रोलयुक्त वासिङ मसिन समेत नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।

सामसङले आफ्ना टिभीमा दुई वर्षको वारेन्टी दिँदै आएको छ । त्यसैगरी विभिन्न रेफ्रिजेरेटर तथा वासिङ मसिनहरुमा १० वर्ष डीआईटी वारेन्टी समेत छ ।

यसै अवसरमा कम्पनीले निश्चित प्रडक्टहरुको खरिदमा निःशुल्क जडान सुविधा समेत प्रदान गरेको छ । यो योजना यही चैत १९ देखि ११ जेड, २०७८ सम्म लागु हुनेछ ।

नेपालभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कमा मात्र यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१