close

सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको मोबाइल सामसङ ग्यालेक्सी एम १२

टेकपाना टेकपाना

चैत २५, २०७७ १०:३५

सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको मोबाइल सामसङ ग्यालेक्सी एम १२

काठमाडौं । सामसङले हालै आफ्नो नयाँ फोन ग्यालेक्सी एम १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । गत वर्ष सार्वजनिक भएको एम ११ को सक्सेसरको रुपमा आएको यो फोनको लुक्स यसअघिको फोन ए १२ भन्दा धेरै फरक छैन ।

फोनको साइज, ब्याककभर टेक्स्चर, क्वाड क्यामेरा सेटअपदेखि सम्पूर्ण लुक्स उस्तै छ । यो फोनको डिस्प्लेको बारेमा कुरा गर्दा यसमा ६.५ इन्चको इन्फिनिटी भी पीएलएस एलसीडी स्क्रिन छ, जसमा ९० हर्ज रिफ्रेश रेटको स्मूथ प्यानल छ ।

यसमा २०:९ आस्पेक्ट रेसियो र १६००x७२० पिक्सेलको रेजोलुसन छ । यसको पछाडितिर दुई किसिमको माथि र तल मेटालिक स्मूथ टेक्सचर छ ।

चारै कुना हल्का कर्भ्ड भएकाले यो फोनमा सजिलै हातको पकड बस्छ । साइडमा फिङ्गरप्रिन्ट स्क्यानर राखेर कम्पनीले फोनमा नयाँ डिजाइनको झलक दिएको छ । फोनको माथिल्लो भागमा नोइज क्यान्सलेसन माइक छ ।  

यसको सफ्टवेयरको कुरा गर्दा यसमा एक्सिनस ८ अक्टा ८५० शक्तिशाली प्रोसेसर रहेको छ । यो फोन दुई र्‍याम भेरियन्टमा उपलब्ध छ ।

फोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री छ, जसको साथमा १५ वाटको फास्ट चार्जिङ पनि उपलब्ध छ । सुरक्षाको लागि यसमा फिङ्गरप्रिन्ट स्क्यानर दिइएको छ । 

यो फोनको क्यामेराको कुरा गर्दा यसको पछाडि भागमा क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) छ, जसमा ४८ मेगा पिक्सलको प्राइमरी सेन्सर, ५ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स, दुई मेगापिक्सलको डेप्थ सेन्सर र अर्को दुई मेगा पिक्सलकै म्याक्रो सेन्सर छ । 

यसमा अगाडि भागमा ८ मेगा पिक्सेलको सेल्फी क्यामेरा पनि छ । २२१ ग्राम तौलको यो फोनको मोटाई ९.७ मिलिमिटर र लम्बाइ १६४ मिलिमिटर छ । यो फोन अहिले कालो, निलो र सेतो रङ्गमा बजारमा उपलब्ध छ । 

२५ मार्चदेखि देशभर उपलब्ध भएको यो फोनको मूल्य दुई वटा भेरियन्टका लागि फरक फरक छ । जसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ४९९ र ६ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य २२ हजार ४९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१