close

टेलिकमको ‘प्रेमिल’ भोईस अफर, मायालुलाई रातभर १२ रुपैयाँमै कल

टेकपाना टेकपाना

मंसिर १३, २०७६ १९:५०

टेलिकमको ‘प्रेमिल’ भोईस अफर,  मायालुलाई रातभर १२ रुपैयाँमै कल

शुक्रबार बेलुका टेलिकमले आफ्नो आधिकारिक फेसबुक ह्याण्डलमार्फत एउटा प्याकेजबारे जानकारी दियो । टेलिकमको उक्त प्याकेज कम्पनीका अन्य प्याकेजको तुुलनामा अलि फरक थियो । कारण, प्याकेजमात्र हैन त्यसको व्याख्याको लागि लेखिएको क्याप्सन अलि प्रेमिल थियो ।

अङ्ग्रेजीमा लेखिएको क्याप्सनमा थियो ‘चिसो रातमा तातो कोठा भित्र सोफामा बसेर ब्ल्याङ्केटले बेरिदैं आफ्नो नजिक र प्यारा मान्छेसँग मनका कुरा साट्नु वास्तवमै एउटा चिसो मौसमको विशेष अनुभव हो ।’ यो क्याप्सन सँगै टेलिकमले निकै सस्तो दरमा आफ्ना पुरा नभएका कुराहरु पुरा गर्न आग्रह गरेको छ ।

टेलिकमले निकै साहित्यिक रुपमा प्रस्तुत गरेको उक्त प्याकेज राति ११ बजेदेखि बिहान ६ बजेसम्मको लागि हो । ‘अनलिमिटेड नाइट भोईस’ नाम दिइएको उक्त प्याकेज टेलिकमले तोकेको समयभर १२ रुपैयाँमै प्रयोग गर्न सकिने छ । यो मूल्यमा कर भने जोडिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१