close

वातावरणका लागि यसकारण हानिकार छ बिटक्वाइन माइनिङ

टेकपाना टेकपाना

चैत २९, २०७७ ८:४८

वातावरणका लागि यसकारण हानिकार छ बिटक्वाइन माइनिङ

काठमाडौं । गएको वर्ष बिटक्वाइनले निकै फाइदा लियो । कोरोना महामारीका कारण विश्व तटस्थ बनी करोडौं मानिसहरु घरभित्रै बन्दी बनिरहँदा क्रिप्टोकरेन्सीको मूल्य तीन वर्षयताकै सबैभन्दा धेरै बनेकाे थियो ।

एउटै भर्चुअल क्वाइनको मूल्य ४२ हजार २६९ यूरोसम्म बढिसकेको छ । एक वर्षअघि यही समयमा भर्चुअल क्वाइनको मूल्य पाँच हजार ३४३ यूरो रहेको थियो क्वाइनडेस्क डेटाले देखाएको छ ।

विकेन्द्रिकृत विद्युतीय मुद्राको अवधारणा २००८ देखि सुरु भएको हो । तब यसका वित्तीय क्षेत्रका केही अगुवाहरु त्याे बेलाकाे वित्तीय क्र्यासबाट क्रोधित भएर यसको प्रयोगको सुरुवात गरेका थिए ।

उनीहरुले क्रोनी क्यापिटालिस्ट संस्था, जसले आफ्नो लोभ र बेवास्ताका कारण समाजलाई मन्दीमा पुर्‍याएको थियो । उनीहरुलाई बाईपास गर्ने माध्यमको रुपमा भर्चुअल क्वाइनलाई लिएका थिए ।

बिटक्वाइन पनि ‘नियन्त्रण फिर्ता लिने’ उद्देश्यका साथ एन्टी इस्टाब्लिसमेन्ट स्पिरिटका साथ जन्मिएको थियो । तर विस्तारै यसका व्यवहारिक समस्या र इन्फिसियन्सीहरु पनि देखापर्न थाले । उपभोक्ता अधिकार संरक्षणको कमीदेखि कालो बजारी व्यापार, मनी लण्डरिङ र कर छलीलाई यसले सहजीकरण गरिरहेको पाइयो ।

सम्भवत बिटक्वाइन माइनिङलाई लिएर यसले सबैभन्दा ठूलो वातावरणीय प्रभावको मुद्दा पनि झेल्नुपर्‍यो ।

बिटक्वाइनको नियमन गर्ने निकाय छैन । तर यसले मानिसहरुबीच हुने कारोबारलाई सुरक्षित र विश्वासनीय राख्न त्यसको प्रमाणीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । यसबाहेक प्रभावकारीरुपमा अडिट गरेर लेजर अपडेट गर्न सक्ने ‘माइनर्स’ हरुलाई उसले यो जिम्मेवारी सुम्पिनुपर्ने आवश्यकता पनि देखिएको छ ।

ब्लकचेन जति लामो बन्दैछ, यसको हिसाब पनि त्यति नै जटिल बन्दै गइरहेको छ । यसका लागि ठूला ठूला सुपरकम्प्युटरहरुको आवश्यकता पर्दछ । विश्वभर दिनको प्रत्येक सेकेण्ड नम्बर गेसिङका लागि माइनर्सहरुले १५० क्विनटेलियनभन्दा धेरैपटक प्रयास गरिरहेका हुन्छन् । जसका कारण कम्प्युटरहरु अत्याधिक खटिरहेका हुन्छन् ।

यस्ता क्रिप्टोकरेन्सी माइनिङका लागि अत्यन्तै धेरै विद्युत खपत हुन्छ । एउटा मात्र बिटक्वाइन कारोबार हुँदा पनि ३६० किलो कार्बन उत्सर्जन हुन्छ, जब कि भिजा कारोबारमा औषत पाँच सय एमजी कार्बन उत्सर्जन हुन्छ ।

यसैकारण यी माइनर्सहरु आफ्नो कम्पनी उर्जा सस्तो भएको क्षेत्रमा सेटअप गर्छन्, जस्तो कि चाइनाको सिनझीयाङ राज्य । यो माइनोरिटी उघुर्स वर्गहरुको बासिस्थान हो । जहाँ कोइला प्रशस्त छ । त्यस राज्यमा उर्जा स्रोतको दुई तिहाई स्रोत भनेको पनि कोइला नै हो ।

चिनियाँ बिटक्वाइन माइनहरु अहिले फोसिल इन्धनमा मात्र निर्भर छैनन् । यीनले त वास्तवमा निकै ठूलो परिमाणमा विद्युतीय उर्जा पनि खपत गर्छन्, जसले एकदमै धेरै कार्बन उत्सर्जन गरिरहेको रिपोर्टमा बताइन्छ । एउटा नयाँ अध्ययनका अनुसार चीनको क्रिप्टो माइनर्सले मात्र अब चाँडै नै सिङ्गो इटाली र साउदी अरबले खपत गर्ने उर्जाको परिमाणलाई पनि पछाडि पार्नेछ ।

चीनको बिटक्वाइन उद्योगले खपत गर्ने वार्षिक उर्जाको परिमाण २०२४ सम्म २९७ टेरावाइट पुरा हुने बताइएको छ । जसले चेक रिपब्लिक र कतारको कार्बन उत्सर्जनलाई पनि पछाडि पार्नेछ ।

क्याम्ब्रिज विश्वविद्यालयले गरेको एउटा अनुसन्धानको प्रतिवेदन गत महिना प्रकाशित भयो । जसमा बिटक्वाइन माइनर्सहरुले वार्षिकरुपमा १२१ टेरावाइट आवर उर्जा खपत गर्ने गरेको बताइएको छ । यदि बिटक्वाइन कुनै मुलुक भएको यसलाई विश्वभरका शीर्ष ३० विद्युत उपभोक्ता मुलुकहरुको सूचीमा राख्न मिल्ने प्रतिवेदनमा उल्लेख छ ।

उत्तर पश्चिमी जर्जियास्थित अब्खाजियाको क्रिप्टो फार्ममा उर्जा माग पछिल्लो वर्षमा यति धेरै बढेको छ कि त्यहाँ त बिजुली बन्द गरेर ब्ल्याकआउट गर्नु नियम नै बनिसकेको छ भने उपकरणलाई समेत सरकारले नै कन्फिगर गर्नुपर्ने नियम बनेको छ ।

बिटक्वाइन माइनिङबाट उत्पन्न भएको अर्को वातावरणीय असर भनेको यसले क्याल्कुलेसन प्रोसेस गर्न प्रयोग गर्ने हार्डवेयरहरु छोटो समयका लागि हुन्छन् । जुन वा त डढेर जान्छन् वा त अर्को नयाँबाट विस्थपित हुन्छन् । यसैले अहिले माइक्रोप्रोसेसिङ चिपको मागमा ठूलो वृद्धि भएको छ ।

अहिले सेमिकण्डक्टर निर्माता कम्पनी सामसङ र ताइवान सेमकण्डक्टर निर्माता कम्पनीहरुले मात्र बिटक्वाइन माइनिङ डिभाइस निर्माता बिटमेनलाई आवश्यक पर्ने विशेष चिप निर्माण गरिरहेका छन् ।

यी कम्पनीले पनि मागअनुसार चिप निर्माण गरी आपूर्ति गर्न सकिरहेका छैनन् । यसैले बिटक्वाइन माइनर्सहरुका लागि विश्वभर चिपको अभाव हुनुका साथै मूल्य पनि अधिक बढेको छ ।

तर अर्कोतिर सकरात्मक कुरा के छ भने अहिले आइसल्याण्ड र नर्वेजस्ता मुलुकमा पनि क्रिप्टो फर्म सेटअप भइरहेका छन् । सजुन मुलुकहरु उर्जा आपूर्तिका लागि नवीकरणीय स्रोतको प्रयोग गर्छन् । भित्री मंगलियाले त अझ वातावरणमैत्री वैकल्पिक क्रिप्टोकरेन्सी कार्डानोको माइनिङ गरेर उदाहरण नै बनाएको छ । बिटक्वाइनको तुलनामा यो चार गुणा बढी उर्जा इफिसियन्ट छ ।

कार्डानोले नेटवर्क पार्टिसिपेन्टहरुले कतिवटा क्वाइन बोकेका छन् भन्ने आधारमा क्रिप्टो कारोबारलाई भेलिडेट गर्छन्, न कि उनीहरुले खर्च गर्ने कम्प्युटेसनल प्रोसेसिङ पावरको परिमाणका आधारमा ।

independent.co.uk बाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१