close

यौन दुर्व्यवहार रोक्न गुगलका सीईओलाई ५ सय कर्मचारीको खुला पत्र

टेकपाना टेकपाना

चैत २९, २०७७ १९:५३

यौन दुर्व्यवहार रोक्न गुगलका सीईओलाई ५ सय कर्मचारीको खुला पत्र

काठमाडौं । गुगलका पाँच सयभन्दा धेरै कर्मचारीहरुले अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाईलाई सम्बोधन गर्दै एउटा खुला पत्र लेखेका छन् । कम्पनीमा महिला कर्मचारीहरुमाथि यौन दुर्व्यवहारका घटनाहरु बढ्दै गर्दा उत्पीडकलाई संरक्षण नगर्न भन्दै पिचाईलाई खुला पत्र लेखिएको हो । 

उक्त खुलापत्र अहिले मिडियामा प्रकाशन भएको छ । पत्रमार्फत पिचाईंसँग कम्पनीमा दुर्व्यवहार सामना गर्ने कर्मचारीहरुका लागि सुरक्षित वातावरणको माग गरिएको छ ।

गुगलकी भूतपूर्व इन्जिनियर इमी नेटफिल्डले न्यूयोर्क टाइम्समा एउटा विचार स्तम्भ लेखेको केही दिनपछि कर्मचारीहरुले सो खुला पत्र लेखेका थिए । उक्त विचार स्तम्भमा गुगलले उनको दुर्व्यहारको मुद्दालाई गुगलले कसरी ह्याण्डल गरेको थियो भन्ने कुरा खुलासा गरेकी थिइन् ।

खुला पत्रमा गुगलकी भूतपूर्व इन्जिनियर इमी नेटफिल्डलाई कसरी आफ्नै उत्पीडकसँग बस्न गुगलले बाध्य बनायो भन्ने कुरा पनि लेखिएको छ ।

‘आफ्टर वर्किङ एट गुगल’ विचार स्तम्भमा इमीले आफूलाई आफ्नो कामसँग कहिल्यै पनि प्रेम नभएको र प्रशासनले आफूलाई आफ्नै उत्पीडकसँग वान टु वान मिटिङ गर्न बाध्य बनाई उनीसँगै बस्न बाध्य बनाएको बताएका छन् ।

तर गुगलले भने कम्पनीले आफ्नाे समग्र प्रक्रियाहरुमा व्यापक सुधार ल्याइसकेको भन्दै बचाउ  गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१