close

धनगढीका रिक्सामा क्यूआर भुक्तानी सेवा

टेकपाना टेकपाना

चैत ३०, २०७७ ८:१२

धनगढीका रिक्सामा क्यूआर भुक्तानी सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सामा चढ्दा क्यूआर कोडबाडै भुक्तानी गर्न सकिने भएको छ ।

विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता अनुसार मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ ।

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै स्वरोजगारमूलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरुको रकम सिधै बैंक खातामा बचत हुनेमा पनि बैंक विश्वस्त छ ।

बैंकले टीक बैंकिङ, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याट बड जस्ता प्रबिधिमा आधारित सेवालाई सञ्चालनमा ल्याएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१