close

चीन सरकारले तोकेको हालसम्मकै उच्च जरिवाना तिर्न अलिबाबा तयार

टेकपाना टेकपाना

चैत ३१, २०७७ १७:२६

चीन सरकारले तोकेको हालसम्मकै उच्च जरिवाना तिर्न अलिबाबा तयार

काठमाडौं । ईकमर्स कम्पनी अलिबाबालाई चिनियाँ सरकारले देशकाे इतिहासमै उच्च जरिवाना तोकेको छ । अघिल्लो साता चिनियाँ सरकारले अलिबाबालाई २ अर्ब ८० करोड डलर अर्थात् ३ खर्ब ४० अर्ब रूपैयाँकाे हारहारीमा जरिवाना तोकेको थियो ।

कम्पनीले चिनियाँ बजारमा आफ्नो स्वामित्वको फाइदा उठाएको भन्दै नियामक निकायले कारबाहीस्वरूप जरिवाना सुनाएकाे थियाे । उक्त निर्णयलाई कम्पनीले स्वीकार गर्ने भएको छ ।

कम्पनीका उपाध्यक्ष जोय तिसाईले नियामक निकायले अलिबाबाजस्ता कम्पनीहरुको विकासमा सरकारले चालेको यो कदम राम्रो भएको भन्दै तोकिएको जरिवाना तिर्न तयार रहेको बताएका छन् ।

उनले अगाडि भने, ‘हामी यसमा खुसी छौ । सँगै, अब सरकारले अन्य क्षेत्रमा पनि बजारको अनुगमन गरेर यस्तै खालको कदम चाल्न जरुरी छ । यदि त्यस्ताे भएको खण्डमा सबै बजार समानरुपमा अघि बढ्न मद्दत पुग्नेछ ।’

उक्त जरिवाना कम्पनीको सन् २०१९ सालको चीनमा भएको आम्दानीको करिब ४ प्रतिशत हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१