close

शक्तिशाली प्रोसेसरसहित सामसङ ग्यालेक्सी क्वान्टम २ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

बैशाख १, २०७८ १२:१९

शक्तिशाली प्रोसेसरसहित सामसङ ग्यालेक्सी क्वान्टम २ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । लामो समयदेखि निकै चर्चामा रहेको सामसङको नयाँ शक्तिशाली स्मार्टफोन सामसङ ग्यालेक्सी क्वान्टम अन्ततः सार्वजनिक भएको छ । शक्तिशाली प्रोसेसरयुक्त यो स्मार्टफोनमा आकर्षक फोटोग्राफीको अनुभव समेत लिन सकिनेछ ।

यसमा सुपर एमोलेड डिस्प्ले र ६ जीबी र्‍याम दिइएको छ । यो फोनको मूख्य विशेषता के छ भने गत वर्षमात्र सार्वजनिक गरिएको सेक्युरिटी प्रविधि क्यूआरएनजी (क्वान्टम रेन्डम नम्बर जेनेरेटर) चिप प्रयोग गरिएको छ ।

जसलाई क्वान्टिकले डेभलप गरेका थिए । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन एसके टेलिकमसँगको सहकार्यमा सार्वजनिक गरेको हो ।

सामसङ ग्यालेक्सी क्वान्टम २ हाललाई दक्षिण कोरियामा सार्वजनिक गरिएको छ । जहाँ यसको मूल्य ६,९९,६०० साउथ कोरियन वन अर्थात ७५ हजार रुपैयाँ माथि छ ।

प्रिबुकिङका लागि उपलब्ध यो स्मार्टफोनको बिक्री आउँदो २३ अप्रिलदेखि सुरु हुनेछ । तर अन्य देशमा यो स्मार्टफोन सार्वजनिक हुने विषयमा भने कम्पनीले आधिकारिक रुपमा कुनै घोषणा गरेको छैन ।

सामसङ ग्यालेक्सी क्वान्टम २ मा ६.७ इन्चको सुपर एमोलेड इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । जुन फुल एचडी रेजोलुसन तथा १२० हर्ज रिफ्रेश रेटका साथ आएको छ ।

एन्ड्रोइड इलाभेनमा आधारित यो स्मार्टफोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर राखिएको छ । फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ भने पावर व्याकअपका लागि ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

यसमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको छ । फोटोग्राफीका लागि फोनमा तीन वटा रियर क्यामेरा राखिएका छन् ।

जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने साथमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ । सेल्फी र भिडियो कलिङका लागि यसमा १० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१