close

इन्टरनेट शुल्क प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्ने तयारी

टेकपाना टेकपाना

बैशाख ४, २०७८ १५:८

इन्टरनेट शुल्क प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्ने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी गरेको छ ।

याे याेजना कार्यान्वयनका लागि प्राधिकरणमा नीतिगत सुधारको काम भइरहेको प्राधिकरणले जनाएको छ । हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ ।

तर, अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

त्यसैका आधारमा प्राधिकरणले हाल नीतिगत सुधारको प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याले बताएका छन् । यसका साथै उनले दूरसञ्चार क्षेत्रले नेपालको कुन जीडीपीमा २ प्रतिशतसम्म योगदान पुर्याएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१