close

आउँदो महिनादेखि क्लब हाउस एप एन्ड्रोइडमा पनि

टेकपाना टेकपाना

बैशाख ५, २०७८ ७:३४

आउँदो महिनादेखि क्लब हाउस एप एन्ड्रोइडमा पनि

काठमाडौं । आईओएसमा तहल्का मच्चाएको अडियो एप क्लबहाउस अब चाँडै एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि सार्वजनिक हुने भएको छ । क्लब हाउसका सहसंस्थापक पल डेभिसनले हालै मात्र यसको जानकारी दिएका हुन् ।

त्यस्तै क्लबहाउसका डेभलपर टिमका सदस्य मोपेवा अगुनडाइपले ट्वीटरमा कयौं स्क्रिनशट शेयर गरेका छन् । त्यसपछि चाडै नै यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत सार्वजनिक हुने निश्चित देखिएको हो ।

क्लबहाउस एन्ड्रोइड एप डेभलपर मोपेवा अगुनडाइपले ट्वीटरमा दुई वटा तस्वीर शेयर गरेका छन् । यी फोटोमा क्लवहाउस एपमा प्रयोगकर्ताको प्रोफाइल देखिन्छ र दुवै तस्वीरमा इन्टरफेस देखिन्छ । यसमा एउटा फोटोको प्रोफाइल बायोमा सेन्ट फ्रम माई पिक्सेल लेखिएको देखिन्छ ।

जसबाट यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि सार्वजनिक हुने तयारी बारे थाहा भएको हो । रिपोर्टअनुसार एन्ड्रोइड प्रयोगकर्ताका लागि क्लबहाउस एप यसै वर्षको मे महिनामा सार्वजनिक हुनेछ । यद्यपी कम्पनीको तर्फबाट भने यस विषयमा कुनै आधिकारिक धारणा बाहिर आएको छैन ।

यद्यपि आउँदो महिना यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । अन्य एपको जस्तै क्लबहाउस समेत एउटा च्याटिङ एप हो । यसमा प्रयोगकर्ताको च्याटका लागि अडियोको विकल्प मिल्दछ ।

यसमा अडियो रुम बनाएर कुनै एउटा विषयवस्तुमा बहस गर्न सकिन्छ । रुम ज्वाइन गर्दा तपाईंले त्यस्ता प्रयोगकर्ताको कुरा सुन्न सक्नुहुन्छ, जो बहस गरिरहेका हुन्छन् । क्लबहाउस एउटा इन्भाइट अन्ली एप हो । यसको अर्थ तपाईंलाई कसैले इन्भाइट गर्छ भने तब मात्र तपाईंले त्यसलाई ज्वाइन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१