close

आज राति खल्ती वालेटको सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १६:५१

आज राति खल्ती वालेटको सेवा अवरुद्ध हुने

काठमाडौं । सोमबार राति मोबाइल वालेट खल्तीको सेवा अवरुद्ध हुने भएको छ । वालेटको सिस्टम तथा सर्भर अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत यो विषयमा जानकारी दिएको छ ।

‘वालेटको सर्भर अपग्रेडलगायत अन्य प्राविधिक सुधार हुँदैछ,’ कम्पनीले सामाजिक सञ्जालमा भनेको छ, ‘जसले गर्दा आज राति ११ बजेदेखी भोलि बिहान ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।’

कम्पनीले यसबाट प्रयोगकर्तामा पर्ने असुविधाप्रति क्षमयाचना व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१