close

आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न राष्ट्र बैंकको निर्देशन

टेकपाना टेकपाना

बैशाख ७, २०७८ ८:३०

आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमण दोस्रो लहरको रुपमा फैलिँदै गएको भन्दै आवश्यक स्वास्थ्य सतर्कतासहित वित्तीय कारोबार गर्न/गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन जारी गरिएकाे हो ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरीका कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न र सकेसम्म विद्यतुीय माध्यमबाट कारोबार गर्न गराउन प्रोत्साहित गर्न निर्देशन दिइएको हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१