close

नेपालका आकाशजङ्ग बस्नेतले पत्ता लगाए गुगलको सुरक्षा कमजोरी

टेकपाना टेकपाना

बैशाख ११, २०७८ १५:१२

नेपालका आकाशजङ्ग बस्नेतले पत्ता लगाए गुगलको सुरक्षा कमजोरी

काठमाडौं । २४ वर्षीय नेपाली युवा आकाशजङ्ग बस्नेतले गुगलको सुरक्षा कमजोरी पत्ता लगाएका छन् ।

गुगलको एक्युजिसन साइटमा रहेको वेज डटकम डोमेनभित्रको कमजोरी आकाशले पत्ता लगाएका हुन् । यसअन्तर्गत थर्ड पार्टी साइटको रिक्वेस्टमा रिफर हेडबाट पासवर्ड रिसेट लिङ्क लिक गर्न सकिन्थ्यो ।

उदाहरणका लागि यदि कसैले आफ्नो पासवर्ड बिर्सियो र त्यसलाई रिसेट गर्न चाह्यो भने पासवर्ड रिसेट गर्दा ईमेल आउँछ ।

त्यस ईमेलभित्रको पासवर्ड रिकभरी लिङ्कमा क्लिक गर्दा नयाँ र कन्फर्म पासवर्ड राख्ने ठाउँ आउँछ । तर त्यहाँ राखेको क्रेडेन्सियल सम्बन्धित साइटको सर्भरमा नगई रिफर हेडरमा लिक हुन्छ ।

यसले गर्दा पासवर्ड टोकन लिक भई उक्त थर्ड पार्टी साइटमाथि कसको नियन्त्रण छ, उसले त्यसभित्रको युजर अकाउन्टलाई पूर्णरुपमा कम्प्रोमाइज गर्न सकिने खतरा रहेको आकाशले सुनाए । 

May be an image of text

१२ दिनअघि आकाशले गुगलमा उक्त बगबारे रिपोर्ट दिएका थिए । गुगलले उनको बग रिपोर्टलाई शुक्रबार भ्यालिडेट गरेर उनलाई बाउन्टी रिवार्डसहित हल अफ फ्रेम प्रदान गरेको हो ।

आकाशले उक्त बाउन्टी रिवार्डको राशी भने खुलाउन चाहेनन् । 

आकाश हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आईटी विभागमा कार्यरत छन् । 

केही वर्षदेखि इथिकल ह्याकिङमा लागेका बस्नेतले हालसम्म गुगल, माइक्रोसफ्ट, एप्पल, बीबीसी, नोकिया लगायतबाट हल अफ फ्रेम पाइसकेका छन् ।

यस्तै उनले लेनोभो, इन्टेल, म्याकफी एन्टीभाइरस, हाभर्ड विश्वविद्यालय, क्यामब्रिज विश्वविद्यालय, ह्वावे, ईसेट एन्टीभाइरस लगायतबाट एकनलेजमेन्ट पाइसकेका छन् । 

May be an image of ‎text that says '‎2:24 AM 80 Google bughunter.withgoogle.com/rank/hc 7 Bughunter Hall of Fame ABOUT HALL OF FAME HALL FAME ۔ HONORABLE MENTIONS Hall of Fame researcher experts Google making interneta these Bughunters their contributions. everyone. Bughunter program. With the pictures find help, about Q Akash jung Akash Jung Basnet Google Googlle&s About Google Privacy& erms‎'‎

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१