close

कर्मचारीलाई कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनबाट

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १०:५३

कर्मचारीलाई कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनबाट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध गराउने भएको छ । कार्यालयमा कार्यरत ८ जना कर्मचारीमा कोरोना देखिएसँगै प्राधिरकणले अनलाइन सेवा सञ्चालन गर्ने भएकाे हाे ।

मंगलबार सूचना जारी गर्दै प्राधिरकणले अर्को सूचना जारी नहुँदासम्म सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध हुने जनाएको छ ।

‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ अनुसार बढीमा एक तिहाई कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भनिएता पनि प्राधिकरणका ८ जनाभन्दा बढीमा कोरोना देखिएको छ,’ उक्त सूचनामा भनिएको छ, ‘यस्तो अवस्थामा महाशाखा प्रमुखले प्राधिकरणको काममा बाधा नपर्ने गरी अर्को सूचना जारी नहुँदासम्म वर्क फर्म होमको व्यवस्था मिलाउने ।’

यसरी वर्क फर्म होमबाट काम गर्ने कर्मचारीले अनिवार्य रुपमा ई-हाजिरी प्रणालीमार्फत आउटिङ अन्तर्गत आ-आफ्नो बिदा स्वीकृत गराउनुपर्ने जनाइएको छ । भने, घरबाट काम गर्दा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनलाइन बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्नुपर्ने जनाइएको छ ।

यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने उल्लेख गरिएकाे छ ।

सेवाप्रदायकको हकमा प्राधिकरणबाट हुने सहजीकरणका काम नियमित रुपमा यथावत हुने प्राधिकरणले जनाएको छ । त्यसका लागि सेवाप्रदायकले ईमेलमार्फत पत्राचार गर्नुपर्ने जनाइएको छ ।

Office-Operation-related-notice

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१