close

वर्क फ्रम होम र विद्युतीय भुक्तानीको व्यवस्था गर्न प्राधिकरणको सेवा प्रदायकलाई निर्देशन

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १६:४४

वर्क फ्रम होम र विद्युतीय भुक्तानीको व्यवस्था गर्न प्राधिकरणको सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना मातहतमा रहेका सेवाप्रदायकलाई ‘वर्क फ्रम होम’ र विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कोभिड १९ को दोस्रो लहर फैलिँदै गएको अहिलको अवस्थामा दूरसञ्चार सेवाको निरन्तरताको सुनिश्चितता कायम गर्नुपर्ने भएकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले बुधबारमात्रै सेवाप्रदायकलाई लक्षित गर्दै ९ बुँदे निर्देशन जारी गरेको छ ।

जसमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्रहीमा संक्रमणको जोखिम कम गर्न आवश्यक उपाय अपनाउन भनिएको छ ।

त्यस्तै सेवाग्राहीको हकमा भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा उपलब्ध गराउने भनिएको छ ।

‘महसुल भुक्तानी लगायताका सेवा यथासम्भव विद्युतीय माध्यमबाट गर्नुपर्ने छ,’ उक्त सूचनामा भनिएको छ, ‘सर्भिस सेन्टरहरुमा अनिवार्य स्यानिटाइजर लगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्नेछ ।’

यस्तै प्राधिकरणले बैठक, गोष्ठी लगायतका कार्यक्रम भर्चुअल रुपमा आयोजना गर्न निर्देशन दिएको छ । साथै सेवाप्रदायकले कर्मचारीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न ‘वर्क फर्म होम’ को व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

साथै प्राधिकरणले कर्मचारीमा संक्रमणको शंका लागेमा परीक्षणको व्यवस्था मिलाउनुपर्ने, आइसोलेसन तथा क्वारेन्टिनकाे व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१