close

क्यामेरामा सेन्सरको काम के हो ?

टेकपाना टेकपाना

बैशाख १५, २०७८ २२:८

क्यामेरामा सेन्सरको काम के हो ?

काठमाडौं । अहिले स्मार्टफोन निर्माता कम्पनीहरुबीच आफ्नो फोनमा क्यामेराको गुणस्तरलाई लिएर प्रतिस्पर्धा नै चलिरहेको छ । तर राम्रो तस्वीरका लागि क्यामेरामा निर्णायक भूमिका भने सधैं सेन्सरले खेल्ने गर्दछ ।

कम्पनीहरु धेरै मेगापिक्सेलको क्यामेरा विकासमा जोड दिइरहेका छन् । तर वास्तवमा राम्रा तस्वीरका लागि विशेष भूमिका क्यामेरा सेन्सरले नै खेल्ने गर्दछ । 

उदाहरणका लागि ह्वावेले आफ्नो फ्ल्यागशिप फोनमा ठूला इमेज सेन्सरलाई जोड दिँदै आइरहेको छ । यस्तै सोनी तथा सामसङ जस्ता कम्पनीहरु पनि सेन्सरको साइजमा केन्द्रित हुँदै गइरहेका छन् । 

राम्रो तस्वीरका लागि सेन्सर कसरी महत्वपूर्ण छ त ? यो बुझ्नका लागि सबैभन्दा पहिले हामीले फोटो खिच्ने आधारभूत सिद्धान्तलाई बुझ्नुपर्छ । ठूलो सेन्सरले सानो सेन्सरको तुलनामा धेरै प्रकाश पकड्न सक्छ । जति धेरै प्रकाश पकड्न सक्यो, तस्वीर त्यत्तिकै राम्रो तयार हुन्छ । 

जतिसक्दो धेरै प्रकाश पकड्ने 

आधारभूत तहमा बुझ्दा सेन्सरको आकारले तस्वीर बनाउन क्यामेराका लागि कति प्रकाश उपलब्ध छ भन्ने कुराको निर्धारण गर्दछ । रेजोलुसनको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसले क्यामेराको एक्स्पोजर सन्तुलन, डाइनामिक रेञ्ज र सार्पनेसलाई निर्धाण गर्दछ ।

यसैकारण अहिलेका १०८ मेगापिक्सेल क्यामेरा भएका स्मार्टफोनको भन्दा १६ मेगापिक्सेल र २० मेगापिक्सेलको डीएसएलआरको फोटो गुणस्तरीय हुन्छ । 

अधिकांश स्मार्टफोनहरुको सेन्सर १ बाई २.५५ इञ्च वा करिब एक सेन्टिमिटरसम्मका हुन्छन् । केहीको आकार भने १ बाई १.७ इञ्च ठूलो वा त्योभन्दा माथि हुन्छ । तर डीएसएलआर क्यामेराको सेन्सर आकार भने चार, पाँच गुणाले बढी हुन्छ ।

तुलनात्मक रुपमा स्मार्टफोनहरुको सेन्सर सानो हुन्छ । तर केही ब्राण्डहरुले परम्परागत प्वाइन्ट र सूट सेन्सर आकारबाट यो खाडललाई मेट्दै गइरहेका छन् ।

जति ठूलो सेन्सर भयो, क्यामेराले सटर स्पीड, आईएसओ र अपार्चरमा त्यति नै धेरै प्रकाश छिराउन सक्छ । जब तपाईं सानो सेन्सरको समस्या समाधान गर्न लङ एक्सपोजरमा फोटो लिएर धेरै प्रकाश छिराउनु खोज्नुहुन्छ, तब वस्तुको चाल र हात हल्लिने समस्याका कारण तस्वीर ब्लर हुने वा बिग्रने खतरा बढ्न सक्छ । 

सेन्सरको रेजोलुसन जति नै भए पनि ब्लरले तस्विरको सार्पनेसलाई घटाउँछ । यस्तै लेन्स डिस्टोर्सन आर्टिफेक्ट बिना फराकिला अपार्चर लेन्स निर्माण गर्न अप्ठ्यारो हुन्छ । थोरै प्रकाशमा पनि ठूलो सेन्सरले सानो सेन्सरको तुलनामा पर्याप्त प्रकाश क्यामेराभित्र छिराएर फोटो खिच्न सक्छ । 

सेन्सरको साइज किन महत्वपूर्ण छ ?

मोबाइल स्पेसमा देखिएको अर्को नयाँ ट्रेण्ड भनेको पिक्सेल बाइनिङ प्रविधि हो । यो प्रविधिले राम्रो लाइट क्याप्चरका लागि हाई रेजोलुसन सेन्सरलाई पिक्सेलसँग समायोजन हुने अनुमति दिन्छ ।

यो ठूलो सेन्सर र ठूलो पिक्सेलको समायोजनले लो लाइट फोटोग्राफीलाई व्यापक सुधार गरिरहेको छ । यसले फोटोमा नोइजको कमी र राम्रो कलर प्रदान गर्दछ । 

ठूला सेन्सरले रेजोलुसनलाई मात्र होइन, तपाईंको सटको लूक्स र गुणस्तरतामा पनि प्रभाव पारिरहेको हुन्छ । तपाईंको फोटोमा जति धेरै सटर स्पीड र कम आईएसओ भयो, तपाईको फोटो त्यत्ति नै सार्प बन्छ । धेरै लाइट छिराउनका लागि तपाईंलाई ठूलो अपार्चर आवश्यकता पर्दैन ।

ठूलो सेन्सरले फेन्सी लुकिङ, बोके ब्लर इफेक्ट पनि प्रदान गर्दछ । जसबाट हामीले ब्लर पृष्ठभूमिबाट वस्तुलाई अलग्गै छुट्याउन सक्छौं । मोबाइलका साना सेन्सरले डीएसएलआरको जस्तो ठूलो सेन्सरसँग प्रतिस्पार्धा गर्न सक्दैनन् । तर ठूला सेन्सरले यो अन्तरलाई बन्द गर्न मद्दत गर्दछ । 

स्मार्टफोनमा सेन्सरको तुलना

अहिलेका स्मार्टफोनहरुमा उपलब्ध इमेज सेन्सरको रेञ्जलाई सोकेस गर्न हामीले ठूलो सेन्सर साइज भएका हाई ईण्ड फोनहरुको बारेमा उल्लेख गरेका छौं । 

स्मार्टफोनहरुलाई  १ बाई १.५ इञ्चको सेन्सरको सीमा नाघ्न २०२० सम्म कुर्नुपर्‍यो । यो १ बाई १.५ इञ्चको सेन्सर २०१३ को नोकिया लुमिया १०२० मा उपलब्ध थियो । ठूलो सेन्सर नयाँ अवधारणा होइन, तर अहिले कम्पनीहरु यो बाटोमा हिँड्न थालेका छन् । 

सेन्सर आकारको मामिलामा अहिले गूगलको पिक्सेल फोर र आईफोन इलेभेन सबैभन्दा तल छ । तर यी दुवै फोन उत्कृष्ट क्यामेरा भएको फोनको सूचीमा पर्दछन् । यसले राम्रो मोबाइल फोटोग्राफीका लागि सेन्सर मात्र निर्णायक नहुने र सबै तत्वको समायोजन बराबरी हुनुपर्ने देखाउँछ । 

सेन्सर एउटा मात्र तत्व हो 

मोबाइल फोटोग्राफीमा ठूलो सेन्सरको उल्लेखनीय भूमिका छ । तर यो मात्र एउटा निर्णायक तत्व भने होइन । राम्रो फोटोका लागि क्यामेरामा राम्रो लेन्स, शक्तिशाली इमेज प्रोसेसिङ चेन, हार्डवेयरबाट धेरै उत्पादकत्व दिनसक्ने सफ्टवेयरको पनि आवश्यकता पर्दछ कम्प्युटेसन फोटोग्राफी र मसिन लर्निङमा अत्याधुनिकतासँगै स्मार्टफोनको क्यामेरा गुणस्तरतामा समेत बढोत्तरी भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१