close

आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

टेकपाना टेकपाना

बैशाख १६, २०७८ ७:४५

आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाण्डौ । आजदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले हालै एक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएकाे हो ।

कोरोना महामारीकाे दोस्रो लहर फैलिएका कारण विभागले आवेदन प्रणाली बन्द गरेकाे जनाएकाे छ । यसबाट सेवाग्राहीलाई हुने असुविाप्रति विभागले क्षमा मागेकाे छ ।

यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।

यसपछि खुलाइएकाे अनलाइन आवेदन प्रणालीमा सेवाग्राहीको चाप अत्याधिक बढेकाे छ । यहीकारण विभागकाे अनलाइन पाेर्टल पटक पटक डाउन भएकाे थियाे ।

अहिले ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाएका छन् । फेरि आवेदन अनलाइन प्रणाली बन्द हुँदा सेवाग्राहीकाे चाप बढ्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१