close

गुगल सर्भिस बिनै ६० दिनमा बिक्यो ७० लाख हुवावे मेट ३०

टेकपाना टेकपाना

मंसिर १६, २०७६ १६:१३

गुगल सर्भिस बिनै ६० दिनमा बिक्यो ७० लाख हुवावे मेट ३०

हुवावेले आफ्नो फ्ल्यागसिप स्मार्टफोन हुवावे मेट ३० र ३० प्रो विश्व बजारमा सार्वजनिक गरेको दुई महिना पुरा भयो । यो अवधिमा ७० लाख मेट ३० र ३० प्रो स्मार्टफोन बिक्री भएको छ ।

गुगल सर्भिस बिनै आएको उक्त स्मार्टफोनले विश्व बजारमा कस्तो प्रतिक्रिया पाउला भन्ने प्रश्नकै बिचमा मेट ३० को व्यापारले भने छलाङ मारेको छ । कम्पनीका अनुसार विश्व बजारमा सार्वजनिक भएको दुई महिनाको अवधिमा मेट ३० र ३० प्रोको व्यापार ७० लाख भन्दा बढी भएको छ ।

जुन मेट सिरिजकै अघिल्लो उत्पादन मेट २० र मेट २० प्रोको बिक्रिको तुलनमा अत्याधिक हो । सार्वजनि भएको दुई महिनाको अवधीमा मेट ३० र ३० प्रो मेट २० र मेट २० प्रो भन्दा ७५ प्रतिशत बढी व्यापार भएको छ ।

कम्पनीकै सबैभन्दा महंगो फोनको रुपमा रहेको मेट ३० प्रो गुगलको सर्भिस बिनै विश्व बजारमा सार्वजनिक भएको थियो । गुगलको सर्भिस बिना सार्वजनिक भएसँगै हुवावेको मेट ३० प्रोलाई युरोपीयन बजारमा ठुलो धक्कालाग्न सक्ने अनुमान गरिएको थियो । तर, बजारले भने अनुमानलाई गलत सावित गरिदिएको छ ।

यसअघि अमेरिकाले यस बर्षको सुरुवातमा हुवावलेलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको थियो । साथै अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसाय गर्न समेत रोक लगाएको थियो । त्यसैले गुगलले हुवावेलाई आफ्नो सर्भिस प्रयोग गरि हुवावे मेट ३० प्रो मोबाइल बिक्री गर्न नपाउने भनी जानकारी गराएको थियो ।

त्यतिमात्रै नभएर आगामी दिनमा आउने हुवावेका नयाँ स्मार्टफोनमा समेत गुगलका एप्स र सेवा पुर्ववत रुपमा राखेर सार्वजनिक गर्न नपाउने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा हुवावे मेट ३० प्रो गुगल सर्भिस बिनै सार्वजनिक गरिएको हुवावेका कन्जुमर प्रोडक्ट डिभिजनका कार्यकारी निर्देशक रिचर्ड युले जनाकारी गराएका थिए ।

उनले हुवावे मेट ३० प्रोमा गुगल सर्भिस प्रयोगमा नल्याएको बताउँदै अब हुवावे मोवाइल सर्भिस कोर प्रयोगमा ल्याएको बताएका थिए । त्यसको असर हुवावेको व्यापारमा पर्ने अनुमान गरिएको थियो । तर, उक्त अनुमानलाई चिर्न हुवावे सफल भएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३