close

साइबर हमलाको खतरा भन्दै ट्रु कलर जस्ता कलर आईडी प्रयोग नगर्न आग्रह

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १०:२४

साइबर हमलाको खतरा भन्दै ट्रु कलर जस्ता कलर आईडी प्रयोग नगर्न आग्रह

काठमाडौं । बेलायतकाे दूरसञ्चार नियामकले ट्रु कलरजस्ता कलर आईडी एप प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता कलर आईडीमार्फत प्रयोगकर्ता विभिन्न साइबर अपराधको शिकार हुने गरेको भन्दै नियामकले प्रयोग नगर्न आग्रह गरेको हो ।

अफकमका निर्देशक ह्यू सन्डर्सले व्यक्तिको पहिचानका लागि कलर आईडी प्रयोग नगर्न बताएका हुन् । गलत मनशाय भएका व्यक्तिहरुले कलर आईडीमा आफ्नो परिचय परिवर्तन गर्ने गरेका छन् । जसलाई स्पुफिङ भनिन्छ । जसले तपाईंले परिचित बनेर झुक्याइरहेको हुन्छ ।

यो समस्या विश्वव्यापी रुपमै फैलिरहेको सन्डर्सले बताएका छन् । उनले भने, ‘यस्तो नहुनुपर्ने हो । तर, अमेरिका, क्यानडा, फ्रान्स, अष्ट्रेलियालगायतको देशमा पनि यस्तै खालको म्यासेज दिने परिरहेको छ ।’

यो विषयमा बेलायत केही पछिरहेको भन्दै उनले अमेरिकाले यो समस्या समाधानका लागि अध्ययन नै सुरु गरिसकेको बताए । सँगै उनले यो विषय आजको भोलि नै समाधान नहुने भएकाले यसका लागि प्रयोगकर्तामाझ सचेतनाको आवश्यकता रहेको समेत उल्लेख गरेका छन् ।

उनका अनुसार यस्ता खालका क्रियाकलाप विगत दुई/तीन वर्षदेखि हुँदै आएको छ । यसका लागि फोन नेटवर्कमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मा अपडेट गर्नुपर्ने हुन्छ ।

‘याे अली बढी सुरक्षित हुन्छ । जसका लागि अझै केही समय लाग्ने छ,’ सन्डर्सले भने । यदि भीओआईपीमा गएको खण्डमा यस्ता जासुसीका घटना कम हुने समेत उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१