close

पुराना फोनलाई अब आईओटी डिभाइसका रुपमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १६:३४

पुराना फोनलाई अब आईओटी डिभाइसका रुपमा प्रयोग गर्न सकिने

काठमाडौं । सामसङले पुराना ग्यालेक्सी स्मार्टफोनलाई विभिन्न आईओटी डिभाइसको रुपमा प्रयोग गर्नसक्ने गरी नयाँ अपडेट उपलब्ध गराएको छ । जसलाई कम्पनीले ‘ग्यालेक्सी अपसाइक्लिङ एट होम’ नाम दिएको छ ।

कम्पनीको ग्यालेक्सी अपसाइक्लिङ कार्यक्रमको परिस्कृत भर्सनको रुपमा यसलाई हेरिएको छ । याे अपडेटअन्तर्गत पुराना डिभाइसलाई पुनः जीवन्त प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो फिचर हाल बेटा भर्सनमा उपलब्ध छ ।

पहिलो चरणमा दक्षिण कोरियामा मात्रै याे फिचर उपलब्ध भएको छ । कम्पनीका अनुसार पहिलो चरणमा तीन कम्पनीमा परीक्षण गरिने र त्यहाँबाट आएको प्रतिक्रियाका आधारमा अन्य देशमा समेत विस्तार गरिदै लगिने .छ ।

कम्पनीका अनुसार नयाँ सफ्टवेयर अपडेटमा पुराना ग्यालेक्सी डिभाइसको साउण्ड क्वालिटी र लाइट नियन्त्रण लगायतका फिचर थप हुनेछ ।

यो भएसँगै प्रयोगकर्ताले स्मार्टथिंङ्स एपभित्र रहेको स्मार्टथिंङ्स ल्याबमार्फत पुराना डिभाइसलाई कसरी प्रयोग गर्ने आफैले निर्णय गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस्ता पुराना ग्यालेक्सी डिभाइस चाइल्ड केयर मनिटर, पेट केयर सोलुसन, लाइट सेन्सर लगाएतका डिभाइसको रुपमा प्रयोगमा ल्याउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१