close

एलन मस्कको कम्पनी न्यूरोलिङ्कका अध्यक्षले दिए राजीनामा

टेकपाना टेकपाना

बैशाख २०, २०७८ १८:१४

एलन मस्कको कम्पनी न्यूरोलिङ्कका अध्यक्षले दिए राजीनामा

काठमाडौं । न्युरोलिङ्क कम्पनीका अध्यक्ष म्याक होडाकले कम्पनी परित्याग गरेका छन् । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कसँगको सह-संस्थापनमा निर्माण गरेको कम्पनीबाट आफू बाहिरिएको होडाकले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

होडाकले कम्पनी छाड्नुको कुनै पनि कारण उल्लेख गरेका छैनन् । उनले ट्वीटरमा ‘म अब न्यूरोलिङ्कमा छैन (केही हप्तदेखि) । मैले त्यहाँ धेरै कुरा सिकें र कम्पनीका लागि सधैं ठूलो चियरलिडरको रुपमा रहेँ ! अब नयाँ कुरातिर अग्रसर हुँदै छु,’ भनी ट्वीट गरेका थिए । 

ब्रेन मसिन इन्टरफेस निर्माण र विकासमा केन्द्रित कम्पनी न्यूरोलिङ्कले गत महिना मात्र युट्युवमा एउटा भिडियो पोस्ट गरेको थियो । जहाँ न्यूरोलिङ्कले मस्तिष्क प्रत्यारोपण गरिदिएको एउटा बाँदरले सोही मस्तिष्क प्रयोग गरी कम्प्युटरको स्क्रिनमा कर्जर घुमाइरहेको देखिएको थियो ।

मस्क र होडाकले २०१६ मा विभिन्न व्यक्तिहरुसँग मिलेर कम्पनी सुरू गरेका थिए । मस्कले उक्त भेन्चरका लागि कराडाैं डलर लगानी गरेका थिए ।

गत वर्ष न्यूरोलिङ्कका पूर्व कर्मचारीहरुले कम्पनीभित्रको आन्तरिक संस्कृति एकदमै भत्ताभुङ्ग रहेको खुलासा गरेका थिए । त्यहाँ वैज्ञानिकहरुलाई आफ्नो परियोजना सम्पन्न गर्न पर्याप्त समय नदिइने गरिएको बताइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१