close

अस्पतालको कोभिड वार्डमा खटिएका कर्मचारीलाई निःशुल्क खाना खुवाउँदै सस्ताेडिल

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १६:१६

अस्पतालको कोभिड वार्डमा खटिएका कर्मचारीलाई निःशुल्क खाना खुवाउँदै सस्ताेडिल

काठमाडौं । ईकमर्श कम्पनी सस्तोडिलले सरकारी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ कर्मचारीहरुलाई दैनिक रूपमा पकाएको खाना उपलब्ध गराउने घोषणा गरेको छ ।

महिला अधिकार समूह (डब्लुएचआर) नेपाल र नेपाल मेडिकल असोशिएसनसँगको सहकार्यमा सस्तोडिलले कोभिड वार्डमा खटिने कर्मचारीहरु (फ्रन्टलाइनर) लाई यो सहयोग दिन लागेको हो ।

पकाएका खाद्य सामग्री कोभिड वार्डमा काम गर्ने नर्स तथा चिकित्सहरुसँगै एम्बुलेन्स चालक, सरसफाइकर्मी, सहयोगीलाई उपलब्ध गराइने सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले बताए ।

यस्ता सामग्रीहरु वीर अस्पताल, टेकु, कान्ति, गंगालाल, प्रसुती गृह, शिक्षण तथा अन्य विभिन्न सरकारी अस्पतालमा उपलब्ध गराउने उनले जानकारी दिए ।

साथै याे अभियानमा साथ दिन चाहने व्यक्तिहरूले ७४८ रूपैयाँ मूल्यको ५ केजी चामल सहयोग गर्न सक्ने जनाइएकाे छ । सहयोगी मनहरुले यस लिङ्कमा गएर सहयोगका लागि विस्तृत बुझ्नसक्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१