close

उपयोगी ५ वेबसाइट, जहाँ छ सीप विकाससँगै आम्दानीको अवसर

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १४:४८

उपयोगी ५ वेबसाइट, जहाँ छ सीप विकाससँगै आम्दानीको अवसर

काठमाडौं । तपाईंमा केही गरेर देखाउने चाह छ, अथवा केही यस्तो गर्न चाहनुहुन्छ, जसबाट तपाईंको प्रतिभाले पहिचान प्राप्त गर्न सकोस् । अहिलेको अनलाइनको युगमा यसका लागि तपाईंले थुप्रै विकल्प फेला पार्न सक्नुहुन्छ ।

ग्राफिक डिजाइन तथा इलुस्ट्रेट गर्नेहरुका लागि कयौं अवसरहरु हुन्छन् । इन्टरनेटले विश्वलाई निकै सानो बनाइदिएको छ । तपाईंले यस्ता वेबसाइट फेला पार्न सक्नुहुन्छ, जसले तपाईंलाई फुल टाइम जागिर दिनसक्छन् ।

अथवा अरु कसैलाई काममा लगाउन चाहनुहुन्छ, त्यो पनि सक्नुहुन्छ । यसका लागि सुरुमा तपाईंले आफ्नो प्रोफेसनल प्रोफाइल बनाउनुपर्ने हुन्छ । त्यसमा तपाईंले आफ्नो सीप तथा कामको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ ।

ता कि धेरै भन्दा धेरैले तपाईंको बारेमा थाहा पाउन सकुन् । यी प्लेटफर्मले तपाईंलाई ट्युटोरियलबाट सिक्न र सोसल नेटवर्क बनाउने कार्यमा सहयोग पुर्‍याउनेछन् ।

१. डेभियन आर्ट डटकम

२१ वर्ष पुरानो यो वेबसाइटले क्राफ्ट, डिजिटल आर्ट, फोटोग्राफी जस्ता क्षेत्रमा लाग्ने प्रतिभालाई बढावा दिने गर्दछ । यसमा निःशुल्क रुपमा अकाउन्ट खोल्न सकिने सुविधा छ ।

यसबाट अन्य कलाकार तथा सिर्जनशील व्यक्तिहरुसँग सम्पर्क बनाउन सकिन्छ । आफ्नो कामका लागि नयाँ आइडिया लिन सकिन्छ । अन्य प्रयोगकर्तालाई फलो गरेर मन परेका आर्टवर्क डाउनलोड गरेर राख्न सकिन्छ ।

यसमा तपाईंले कमेन्ट, ईमोजी र ब्याजका माध्यमबाट आफ्नो नेटवर्क विस्तार गर्न सक्नुहुन्छ । साथै आफू काम गर्न तयार रहेको बताउन सक्नुहुन्छ ।

२. आर्टस्टेसन

यसमा पाँच प्रकारका अकाउन्ट बनाउन सकिने सुविधा छ । साथै ७० प्रकारका जनरा अर्थात रुची अनुसार छनौट गर्न सकिन्छ ।

यो प्लेटफर्ममा ११ प्राइमरी सेक्सन छन्, जसमा सफ्टवेयर तथा डिजिटल सम्पत्तिका लागि मार्केटप्लेस जस्ता फिचर पाउन सकिन्छ ।

डिजिटल प्लेटफर्ममा प्रतिस्पर्धाका म्यागेजिन पाउन सकिन्छ । यसमा पडकास्ट समेत हुन्छन्, जसमा कलाकारका लागि व्यापार गर्ने वा आम्दानी गर्ने तौर तरिकाको बारेमा चर्चा हुने गर्दछ ।

३. ड्रिबल डटकम

यसमा तीन प्रकारका अकाउन्ट हुन्छन् । कुनै कलाकारसँग सम्पर्कमा रहनका लागि वर्गअनुसार उनीहरुलाई सर्च गर्न र हायर गर्न सकिन्छ । याे वेबसाइटमा कलाकारले स्वयम्‌लाई प्रवर्द्धन गर्न सक्छन् ।

काम गर्नका लागि उपलब्ध रहेको वा नरहेको उल्लेख गर्न सक्छन् । यी सबै चिज ड्रिबलमा निःशुल्क रुपमा उपलब्ध छन् । जब कि आर्ट स्टेसन र बिहेन्स डट नेटमा यस्ता फिचरका लागि रकम तिर्नुपर्ने हुन्छ।

४. इल्लो डट को

यसले रचनात्मक ब्रिफिङको माध्यमबाट ब्राण्डका साझेदार, एजेन्सी र प्रकाशकलाई छनौट गर्दछ । उनीहरुको रुची अनुसार उत्पादन उपलब्ध गराउँछ ।

जो सबैभन्दा राम्रो काम गर्नका लागि छनौट हुन्छ, उसलाई पुरस्कार दिइन्छ । यसमा गिभअवे समेत सञ्चालन गरिन्छ । जसले इल्लोका कलाकारलाई सहायता दिने गर्दछ ।

गिभअवे हप्तामा तन पटक हुने गर्छ । साइटका सदस्यबाट उनीहरुको आर्ट खरिद गरिन्छ । जुन कम्युनिटीमा निश्चित छनौटमा परेका व्यक्तिमाझ त्यसलाई बिक्री गरिन्छ ।

५. बिहेन्स डट नेट

सन् २००५ मा सुरु भएको यो वेबसाइट ग्राफिक डिजाइन, फोटोग्राफी, इलुस्ट्रेसन, आर्किटेक्चर, प्रडक्ट डिजाइन, फाइन आर्ट्स, गेम डिजाइनमा केन्द्रीत छ । साइटमा जब सेक्सन पनि छ, जहाँ फुल टाइम रोजगारीको अवसर प्राप्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१