close

‘हाम्रो डक्टर’ले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श, यसरी लिनुहोस् अनलाइन सेवा

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १०:३५

‘हाम्रो डक्टर’ले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श, यसरी लिनुहोस् अनलाइन सेवा

काठमाडौं । अनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । वेबसाइट तथा मोबाइल एपबाट अनलाइन स्वास्थ्य हेरचाहको सुविधा दिँदै आएको ‘हाम्रो डक्टर’ प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई निःशुल्क परामर्श सेवा सुरु गरेको हो ।

यसअघि हाम्रो डक्टरले सःशुल्क रुपमा चिकित्सकीय परामर्श सेवा दिँदै आएको थियो । ‘हाम्रो डक्टर’ को मोबाइल एपको परामर्श खण्डमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले बिना शुल्क चिकित्सकहरुसँग परामर्श लिन सक्ने कम्पनीका सीईओ उद्धवराज भेटुवालले बताए ।

यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी हटलाइन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ‘हाम्रो डक्टर’ले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी चिकित्सकहरुसँग कोरोना संक्रमण सम्बन्धी जानकारी तथा परामर्श लिन सकिने छ । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टरबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिनसकिन्छ ।

हाम्रो डक्टर एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४