close

बिटक्वाइन स्वीकार नगर्ने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १२:४९

बिटक्वाइन स्वीकार नगर्ने एलन मस्कको घोषणा

काठमाडौं । टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइनको प्रयोगलाई खारेज गरिदिएका छन् । उक्त क्रिप्टोकरेन्सीकाे माइनिङमा जिवाश्मा इन्धनको प्रयोग बढेको बताउँदै उनले बिटक्वाइनलाई अब स्वीकार नगर्ने बताएका हुन् ।

योसँगै टेस्लाले आफ्नो गाडी बिक्री गर्दा ग्राहकहरुको बिटक्वाइनको कारोबारलाई पूर्णरुपमा निषेध गरेको छ ।

मस्कले टेस्लाले अब कुनै पनि बिटक्वाइन बिक्री नगर्ने र बिटक्वाइन माइनिङको काम नवीकरणीय उर्जाबाट नभएसम्म कारोबारलाई बन्द गर्ने बताएका हुन् ।

उनले बिटक्वाइनसँग एक प्रतिशतभन्दा कम कारोबार गर्ने र नवीकरणीय उर्जा प्रयोग गर्ने क्रिप्टो मुद्रासँग मात्र कारोबार गर्ने बताएका हुन् ।

मस्कले गत मार्चमा मात्र टेस्लाका ग्राहकले बिटक्वाइन प्रयोग गरी विद्युतीय सवारी खरिद गर्नसक्ने बताएका थिए । त्यसयता लगातार उकालो लागेको बिटक्वाइनको मूल्य मस्कको पछिल्लो ट्वीटपछि १७ प्रतिशतले गिरेको छ ।

एसियाली ट्रेडिङमा यो थोरै सुधार देखिए पनि बिहीबार बिहान यसको मूल्य ५० हजार ९३३ डलरमा अडिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४