close

बहुप्रतिक्षित रेड्मी नोट १० प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ १३:१६

बहुप्रतिक्षित रेड्मी नोट १० प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडाैं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक भएकाे छ ।

साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नाेट १० प्रोका रूपमा सार्वजनिक गरेको हो । नेपालमा ६ जीबी/१२८ जीबी भेरियन्टकाे मूल्य ३३ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

May be an image of phone, screen and text

डिस्प्ले

याे फोनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चकाे फुलएचडी प्लस सुपर एमाेलेड डिस्प्ले छ, जुन गाेरिल्ला ग्लास फाइभले प्राेटेक्सन गरिएकाे छ । फाेनकाे पछाडि स्प्ल्यास रेसिस्ट्यान्ट रहेकाे बताइएकाे छ ।

May be an image of text

क्यामेरा

क्वाड क्यामेरा सेटअप भएको यस फोनमा सामसङकाे एचएम टु सेन्सरसहित १०८ मेगापिक्सलको प्राइमेरी लेन्स, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को ५ र २ मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ । त्यस्तै फाेनकाे बीचमा पञ्च हाेलसहित १६ मेगापिक्सेलकाे सेल्फी क्यामेरा छ ।

May be an image of phone and text that says 'A one-stop shop for stunning photos 5MP telemacro camera 2x zoom 108MP main camera 2.1μm 9-in-1 Super Pixel Ultra-wide angle camera 118° FOV Depth sensor f/2.4 L'

प्लेटफर्म

यो फोन अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित छ । एन्ड्रोइड ११ मा आधारित फोनमा जीपीयू एड्रेनो ६१८ रहेको छ ।

May be an image of text

ब्याट्री

याे फाेनमा ५०५० एमएएचको शक्तिशाली ननरिमुभेल ब्याट्री छ । जसमा आधा घण्टामा ६० प्रतिशत चार्ज गर्ने ३३ वाटकाे फास्ट चार्जर छ ।

May be an image of text

Key Specs:
– 108MP+8MP+5MP+2MP Quad Camera
– 6.67″ AMOLED FHD+ DotDisplay – 120Hz Ultra high refresh rate
– Qualcomm Snapdragon 732G
– 6GB+128GB LPDDR4X RAM
– 5020mAh high-capacity battery with 33W fast charging
– Arc side fingerprint sensor
– AI face unlocking
– Dual Speakers
– IP53 (Splash, Water and Dust Resistant)
– Colors: Onyx Gray, Glacier Blue and Gradient Bronze

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४