close

एनआईसी एसियाको मोबाइल बैंकिङ्ग एपबाट अब रेमिट्यान्स पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ २०:४९

एनआईसी एसियाको मोबाइल बैंकिङ्ग एपबाट अब रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एसियाको मोबाइल बैंकिङ्ग एपबाट अब रेमिट्यान्स पठाउन सकिने भएकाे छ । सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई अघि बढाउँदै बैंकले ग्राहकका लागि ‘एनआईसी एसिया मोबैंक’ मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हाे ।

यो सेवाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो एनआईसी एसिया बैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।

ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एपभित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा ल्याएकाे हाे ।

ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४