close

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा सुनुवाई

टेकपाना टेकपाना

जेठ ४, २०७८ १७:३२

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा सुनुवाई

काठमाडौं । सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई थालेको छ । कोरोना भाइरस फैलिएसँगै अदालती प्रक्रियामा पनि समस्या सिर्जना भएपछि अदालतले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन सुरू गरेको हो ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरेकाे अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।

उनका अनुसार सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको छ ।

अदालतमा मुद्दाको संख्या बढ्दै जाने तर, सुनुवाई शुन्य हुँदा थप जटिलता आउने अवस्था छ । यहीकारण सर्वोच्च अदालतले पनि अनलाइनमार्फत मुद्दा सुनुवाई थालेकाे हाे । अनलाइनबाटै मुद्दा फर्च्छ्यौट हुने प्रणाली सुरुवात हुन सके न्यायिक प्रणालीमा सहजता आउने अनुमान गरिएको छ ।

कोरोना भाइरस महामारीको समयमा अहिले सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, संवैधानिक विवादको प्रश्न, कोरोना महामारीलगायतका विषयमा सार्वजनिक सरोकारका विवादजस्ता विषयमा मात्र सुनुवाइ गर्ने गरी सीमित सेवा मात्र दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१