close

‘प्राधिकरणसँग छलफल गरेर भीओएलटीई सेवाको शुल्क निर्धारण गर्छौं’

टेकपाना टेकपाना

जेठ ५, २०७८ ११:४६

‘प्राधिकरणसँग छलफल गरेर भीओएलटीई सेवाको शुल्क निर्धारण गर्छौं’

काठमाडौं । नेपाल टेलिकमले गत सोमबारदेखि भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सञ्चालन गरेको छ । यो अवसरमा सेवाग्राहीलाई २८ दिनसम्मका लागि १०० मिनेट निःशुल्क कलको सुविधा दिइएको छ ।

यसपछि व्यवसायिक रूपमा यो सेवा सञ्चालनमा आउनेछ । टेलिकमका प्रवक्ता राजेश जोशीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरेर यो सेवाको दररेट तोकिने जानकारी दिए ।

‘यो सेवाको शुल्क अहिले नै यति पर्छ भन्न सक्ने स्थितिमा छैनौं । नियामकसँग छलफल गरेर मात्रै हामीले मूल्य निर्धारण गर्नुपर्ने हुन्छ,’ उनले भने ।

साथै उनले विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुसँग प्राविधिक छलफल भइरहेको जानकारी दिँदै चाँडै नै अन्य धेरै फोनमा यो सेवा चलाउने अवस्था आउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१