close

भर्चुअल इभेन्टका लागि आकर्षक फिचरसहित जुमको नयाँ प्लेटफर्म घोषणा

टेकपाना टेकपाना

जेठ ६, २०७८ २०:५४

भर्चुअल इभेन्टका लागि आकर्षक फिचरसहित जुमको नयाँ प्लेटफर्म घोषणा

काठमाडौं । भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म जुमले नयाँ प्लेटफर्म ल्याउने घाेषणा गरेकाे छ । सानादेखि ठूला लाइभ इभेन्टलाई सहज बनाउने उद्देश्यसहित कम्पनीले ‘जुम इभेन्ट्स’ प्लेटफर्म ल्याउने तयारी गरेकाे हाे ।

यसले ‘अनजुम प्लेटफर्म’ लाई विस्थापन गर्नेछ, जुन साना बिजनेश इभेन्टका लागि लक्षित गर्दै अक्टबर २०२० मा सार्वजनिक भएको थियो ।

कम्पनीले घाेषणा गरेकाे नयाँ प्लेटफर्ममा यसअघि नभएका धेरै फिचर समावेश हुनेछ । जसकाे मद्दतले ठूला-ठूला कन्फ्रेन्स पनि सजिलै होस्ट गर्न सकिन्छ भने इभेन्टमा सहभागी भएका मानिसहरूका लागि पनि थप सुविधा हुनेछ ।

यो प्लेटफर्मले बिजनेश हब बनाउन, इभेन्टलाई म्यानेज र र शेयर गर्न सहयोग गर्नेछ । साथै टिकेटिङ र रजिस्ट्रेसनलाई कस्टमाइज गर्न, बिलिङ प्रक्रियामा सहज नियन्त्रण राख्न, इभेन्ट होस्ट गर्न (फ्री, पेड, वान टाइम वा सिरिज), इभेन्टकै दौरान सहभागीहरुलाई एकआपसमा कुराकानी वा नेटवर्किङ गर्ने सुविधा समेत याे प्लेटफर्मले दिन्छ ।

यो नयाँ जुम इभेन्ट प्लेटफर्म चाँडै सार्वजनिक हुने बताइए पनि मिति भने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१