close

सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर सहयोग

टेकपाना टेकपाना

जेठ ७, २०७८ १७:३६

सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौै । एनसेल आजियाटा लिमिटेडले कोभिड १९ को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्द स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कोरोना भाइरस रोगबाट संक्रमित बिरामीहरु, जसको रगतमा अक्सिजन लेबल कम हुन्छ, त्यस्ता बिरामीहरुका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर हस्तान्तरण गरिने छन् ।

‘एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटरले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्दैछौं ।’

उनले अगाडि भने, ‘कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं । यसले चौबिसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दछ ।”

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ ।

साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ/स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।

यस विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लेटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहकका लागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवा माथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्दछ ।

आफ्ना कर्मचारी कल्याणका लागि सञ्चालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ ।

यस सहयोग अन्तर्गत कम्पनीले इमरजेन्सीका बेलामा काठमाडौं भित्र र जिल्लामा रहेका कर्मचारीहरुलाई तत्काल अक्सिजन कन्सन्ट्रेटर, ह्वील चेयर र स्ट्रेचर उपलब्ध गराउँदछ । यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्नुका साथै उनीहरुलाई आवश्यक परेको खण्डमा औषधीहरु घरघरमै डेलिभरी गरिदिने व्यवस्था पनि गरेको छ ।

कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसन मार्फत कोभिड १९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छ ।

एनसेलको सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सहकार्यमा गत वर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतनामूलक सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ ।

सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान सहित गरी रु ९.७० अर्ब बराबरको सेवा, सुविधा र योगदान दिएकाे थियो ।

कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउन एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरु प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१