close

डिसहोमको ब्यालेन्स सकियो ? थप ५ दिन ढुक्क हुन यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १६:३१

डिसहोमको ब्यालेन्स सकियो ? थप ५ दिन ढुक्क हुन यसो गर्नुहोस्

डिजिटल स्याटेलाइट टेलिभिजन प्रशारक डिस होमले दिँदै आएको क्रेडिट (उधारो) सेवालाई विस्तार गरेको छ । आफ्ना ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसके पछि तीन दिन सम्म थप समय दिँदै आएको डिसहोमले अब पुरै पाँच दिनसम्म उधाराे दिने भएको हो ।

यसको अर्थ ग्राहकले एकपटक खरीद गरेको नियमित सेवाको अवधि समाप्त भएपछि थप पाँच दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । थप गरिएको क्रेडिट ग्राहकले आफ्नो सेवा नवीकरण गर्दा जोडिनेछ । यो सेवामा ग्राहकले कुनै अतिरीक्त शूल्क समेत तिर्नुनपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकलाई निर्वाध रुपमा सेवा उपभोगको अवसर प्रदान गर्ने उदेश्यका साथ यो सेवाको थालनी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस प्रकारको सेवाबाट विशेष गरी ग्रामीण भेगका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कम्पनीको यस किसिमको सहुलियत मार्फत अचानक सेवा टुट्न गएको अवस्थामा तत्कालै नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन प्रशारणबाट आफूलाई अलग्याउनु पर्ने छैन । यो सेवा डिसहोमको ग्राहक सेवा केन्द्रमार्फत, डिसहोमको मोबाइल एपमा दर्ता भएर तथा मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३