close

‘पोको एफ थ्री’ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ ११, २०७८ १२:५०

‘पोको एफ थ्री’ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा ‘पाेकाे एफ थ्री’ फाइभजी स्मार्टफाेन सार्वजनिक भएकाे छ । मंगलबार कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडल बजारमा सार्वजनिक गरेको हो ।

एन्ड्राेइड ११ मा चल्ने याे फाेनमा क्वालकमकाे स्न्यापड्रागन ८७० चिपसेट छ । १२० रिफ्रेस रेट र ३६० हर्जकाे टच स्याम्पलिङ रेटसहित फाेनमा ६.७ इन्चकाे ईफोर एमाेलेड प्यानल रहेकाे छ, जसलाई काेर्निङ गाेरिल्ला फाइभले प्राेटेक्सन प्रदान गरेकाे छ ।

पाेकाे एफ थ्रीमा ६ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टाेरेज गरी दुई अप्सन रहेकाे छ ।

क्यामेराको कुरा गर्दा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसअन्तर्गत फोरके भिडिओ रेकर्डिङ गर्नसक्ने ४८ मेगापिक्सेलको प्राइमेरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र ५ मेगापिक्सेलको टेलिफोटो म्याक्रो लेन्स रहेको छ ।

त्यस्तै सेल्फी पारखीका लागि २० मेगापिक्सेलकाे पञ्च हाेलसहितकाे क्यामेरा छ । याे फाेनमा ४५२० एमएएचकाे ब्याट्री दिइएकाे छ, जसमा ३३ वाटकाे फास्ट चार्जिङ सपाेर्ट छ ।

याे फाेन ब्ल्यु, ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध छ । नेपाली बजारमा याे फाेनकाे मूल्य ६ जीबी प्लस १२८ जीबी भेरियन्टकाे ४६ हजार ९९९ रूपैयाँ र ८ जीबी प्लस २५६ जीबी भेरियन्टकाे ५१ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

साथै कम्पनीले जून ३० अघि किन्ने ग्राहकका लागि एक वर्षकाे ब्रेकेज इन्स्याेरेन्स प्रदान गरेकाे छ ।

May be an image of saddle-stitched leather, phone, screen and text that says 'POCO POCO F3 THE REAL BEAST Qualcomm® Snapdragon" 870 With 5G 7nm advanced processor, to3.2GHz High-resolution 48MP triple camera Innovative three-microphone system 120Hz 6.67" AMOLED display Ultra-tiny DotDisplay Rs. 46,999/- 6GB 128GB Rs. 51,999/- 8GB 256GB Color Available: POCO One-year breakage insurance for the consumers who buy Poco F3 before 30th June 2021. *T&C apply'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१