close

युट्युवमा जस्तै अब इन्स्टाग्राम रिल्सबाट पनि पैसा कमाउन सकिने

टेकपाना टेकपाना

जेठ १२, २०७८ २१:२७

युट्युवमा जस्तै अब इन्स्टाग्राम रिल्सबाट पनि पैसा कमाउन सकिने

काठमाडौं । फेसबुककाे स्वामित्वमा रहेकाे सामाजिक सञ्जाल इन्स्टाग्रामले टिकटकको विकल्पको रुपमा इन्स्टाग्राम रिल्स उपलब्ध गराउँदै आएको छ । रिल्सका प्रयोगकर्ता बढिरहँदा कम्पनीले नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

अब कम्पनीले आफ्ना प्रयोगकर्तालाई ‘बोनस’ फिचर उपलब्ध गराउने भएको छ । जसमार्फत रिल्स क्रियटरले आम्दानी गर्नसक्ने छन् । यसअन्तर्गत रिल्स भिडिओ क्रियटरले अब युट्यवमा जस्तै पैसा आम्दानी गर्न सक्नेछन् ।

यो फिचरको विषय अनुसन्धानकर्मी एवं डेभलपर एलेस्यान्ड्रो पालुजीले फेला पारेका हुन् । उनले इन्स्टाग्रमले हाल उक्त फिचरमा काम गरिरहेको स्क्रिनशट शेयर गर्दै यसबारेमा जनकारी दिएका छन् ।

यो कसरी सम्भव हुन्छ, यसले कसरी कम गर्छ, कसले पैसा कमाउन सक्छन् भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन । तर, उपलब्ध जानकारी अनुसार जसले नियमित भिडिओ अपलोड गरिरहेका छन्, जसको भिडिओमा राम्रो इंगेजमेन्ट छ, त्यस्ता प्रयोगकर्ताले आम्दनी गर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१