close

बजेटमा सूचना प्रविधि : कुन कुन कार्यक्रम परे ?

टेकपाना टेकपाना

जेठ १५, २०७८ २०:३८

बजेटमा सूचना प्रविधि : कुन कुन कार्यक्रम परे ?

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।

सूचना प्रविधिसँग सम्बन्धित ब्राेडब्याण्ड इन्टरनेट परियाेजना, प्राविधिक शिक्षालय सञ्चालन, ई-गभर्नेन्स सेवा, स्टार्टअप फण्ड, विद्युतीय भुक्तानी लगायतका केही विषय बजेटमा समावेश भएका छन् ।

सूचना प्रविधिसँग सम्बन्धित छुट्टै शीर्षकमा बजेट नछुट्याई सरकारले पूर्वाधार, शिक्षा, विज्ञान तथा प्रविधि, यातायात, सार्वजनिक सेवा, उद्यमशीलता लगायतका क्षेत्रमा दूरसञ्चार, सूचना प्रविधि र विद्युतीय प्रणाीसँग सम्बन्धित कार्यक्रम ल्याएको छ ।

कुन कुन कार्यक्रम परे ?

१. सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

२. सबै स्थानीय तहमा प्राविधिक शिक्षालय

३. साउन १ देखि अवैध मोबाइल नचल्ने

४. आउँदो वर्षदेखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा आउने

५. अब अनलाइनबाटै बिलबुक नवीकरण

६. स्टार्टअपलाई परियोजना धितोमा २५ लाखसम्मको कर्जा

७. सरकारी ईकमर्स कम्पनीबाट खाद्य सामग्री अर्डर गर्दा २० प्रतिशत छुट

८. टेलिकमका प्रयोगकर्ताले कम्पनीको शेयर पाउने

९. हुलाकमार्फत ईकमर्सको डेलिभरी

१०. विद्युतीय माध्यमबाट हुने भुक्तानीको कर फिर्ता तुरुन्त पाइने

११. विद्यार्थीलाई ल्यापटप किन्न सरकारले एक प्रतिशत ब्याजमा ऋण दिने

१२. स्टार्टअपलाई ५ वर्षसम्म आयकर छूट

१३. २ वर्षभित्र हरेक नागरिकलाई राष्ट्रिय परिचयपत्र

१४. देशका सबै मालपोत कार्यक्रममा मेरो कित्ता कार्यक्रम, घरबाटै जग्गा दर्ता र नामसारी गर्न सकिने

१५. घरायसी विद्युतीय सामग्रीको मूल्य घट्ने

१६. २०८८ सम्म हलुका सवारीसाधन विद्युतीय सवारीसाधनले विस्तापित गरिने

१७. पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरे ५ वर्ष नवीकरण शुल्क र सडक दस्तुर छूट

१८. कृषीसम्बन्धी जानकारी मोबाइल एपमा

१९. १६ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क

२०. टेलिमेडिसिनबाट नागरिकलाई स्वास्थ्य सेवा

२१. स्नातक उत्तीर्ण युवाले ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण पाउने

२२. सबै क्षेत्रका सवारी चालकलाई विद्युतीय लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

२३. विद्युतीय सवारीसाधन निर्माण गर्न विश्वका १० उत्कृष्ट कम्पनीलाई आकर्षित गरिने

२४. साझा यातायातमार्फत काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

२५. पर्यटकको जानकारी लिन जीपीएस ट्रयाकिङ

२६. सार्वजनिक यातायातमा अब अनलाइन टिकेटिङ

२७. नेपाल टेलिभिजनको आफ्नै अन्तर्राष्ट्रिय च्यानल ‘एनटीभी वर्ल्ड’

२८. अब क्युआर कोडसहितको भिसा

२९. विद्युतीय सवारीको अन्तशुल्क खारेज, भन्सार शुल्क घट्यो

३०. नेपाली उत्पादन प्रवर्द्धन गर्न भर्चुअल ट्रेड शो

३१. नास्टको पुनः संरचना गरिने

३२. अक्सिजन प्लाण्ट सम्बन्धी उपकरणमा भन्सार तथा मूल्य अभिवृद्धि कर नलाग्ने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३