close

आईफोन ११ को तुलनामा आईफोन १२ का सक्रिय प्रयोगकर्ता धेरै

टेकपाना टेकपाना

जेठ २०, २०७८ ९:३६

आईफोन ११ को तुलनामा आईफोन १२ का सक्रिय प्रयोगकर्ता धेरै

काठमाडौं । आईफोन ११ को तुलनामा आईफोन १२ का सक्रिय प्रयोगकर्ता धेरै देखिएको छ । नयाँ अध्ययनअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा आईफोन ११ का प्रयाेगकर्ता अघिल्लाे वर्षकाे साेही अवधिमा आईफोन १२ का प्रयाेगकर्ताभन्दा धेरै देखिएका हुन् ।

यसअघि गएको अक्टोबरमा आईफोन १२ बेष्ट सेलिङ स्मार्टफोन बन्न सफल भएको थियो । काउण्टर प्वाइन्टले गरेको उक्त अध्ययन अनुसार अघिल्लो वर्षको तुलनामा आईफोनको सक्रिया प्रयोगतर्का २ प्रतिशतले बढेका छन् ।

यद्यपि यो काउण्टर प्वाइन्टले आँकलन गरी तयार पारेको प्रतिवेदन हो । किनभने एप्पलले सन् २०१८ देखि यस्ता जानकारी सार्वजनिक गर्न बन्द गरेको छ ।

यस्तोमा काउण्टर प्वाइन्टले सार्वजनिक गरिएको डेटालाइ नै आधार मान्ने गरिएको छ । काउण्टर प्वाइन्टले सक्रिय प्रयोगकर्ता कति छन् भन्ने विषय संख्यात्मक रुपमा भने उपलब्ध गराएको छैन ।

तर, अध्ययन अनुसार सन् २०२० मा आईफोनको सक्रिय प्रयोगकर्ता १५ प्रतिशत रहेकोमा सन् २०२१ मा बढेर १६ प्रतिशत पुगेको छ । यसको प्रमुख कारण आईफोन १२ लाई लिइएको छ । सार्वजनिक भएको सुरुवाती चरणमा मात्रै नभएर पछिल्लो समयमा पनि आईफोन १२ को बिक्री आईफोनको ११ को तुलनामा बढी रहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३