close

आईफोन त्यागेर एन्ड्रोइड फोन रोज्ने बढ्दै

टेकपाना टेकपाना

जेठ १९, २०७८ २२:२९

आईफोन त्यागेर एन्ड्रोइड फोन रोज्ने बढ्दै

काठमाडौं । एप्पलका उत्पादन प्रयोग गर्ने २६ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा प्रतिस्थापन भएको नयाँ प्रतिवेदन फेला परेको छ । एप्पलले प्रयोगकर्तालाई हरेक सर्भिस किन्नुपर्ने बाध्यत्मक नीति लागू गरेसँगै प्रयोगकर्ता एन्ड्रोइडमा ‘सिफ्ट’ भइरहेको पाइएकाे छ ।

हरेक सर्भिसका लागि पैसा बुझाउनुपर्ने भएसँगै पैसा बचाउने उद्देश्यका साथ प्रयोगकर्ता आईफोनबाट एन्ड्रोइडमा गइरहेको एउटा अध्ययनले देखाएकाे हाे । इपिक गेम र एप्पलबीच अदालतमा सुनुवाई हुने क्रममा पेश गरिएकाे एप्पलको आन्तरिक डकुमेन्टका आधारमा यस्ताे तथ्य बाहिरिएकाे हो ।

iOS-Android-switching

यसअन्तर्गत एक चौमासिकदेखि अर्को चौमासिकको अवधिमा झण्डै २६ प्रतिशत आईफोन प्रयोगकर्ता एन्ड्रोइडमा सिफ्ट भएको देखाइएको छ । सन् २०२० को पहिलो चौमासिक र दोस्रो चौमासिकमा सबैभन्दा बढी आईफोन प्रयोगकर्ता एन्ड्रोइडमा गएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३